१२ बैशाख २०८१, बुधबार

वीरगञ्ज नाका हुँदै ५ हजार पर्यटक ओहोर-दोहोर


birganj

२ माघ, वीरगञ्ज । तीन वर्षमा देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज हुँदै ५ हजार ६ सय ३७ जना पर्यटक आवतजावत गरेका छन् । विभिन्न देशका पर्यटकहरु भारतको वाटो हुँदै नेपाल भित्रिएको र वीरगञ्ज नाका मार्फत भारत हुँदै देश फर्किएका हुन् । जसमा २ हजार १ सय ८७ जना महिला पर्यटक रहेका छन् ।

वीरगञ्ज नाका हुँदै आर्थिक वर्ष ०७३/७४ मा ९ सय २७ जना पर्यटक नेपाल आएको र १ हजार ३४ जना पर्यटक नाका हुँदै स्वदेश फर्किएको कुरा वीरगञ्जस्थित पर्यटक प्रहरी कार्यालयले वताए ।

तीन वर्षमा वीरगञ्ज नाका हुँदै विशेषगरी अमेरिका, चीन, रुस, जापान, बेलायत, फ्रान्स, जर्मनी, कोरिया, क्यानडा, मलेसिया, श्रीलंका लगायत १ सय ३० मुलुकका पर्यटकहरु नेपाल आउने-जाने गरेको पर्यटक प्रहरी कार्यालय वीरगञ्जका प्रमुख पर्यटक प्रहरी नायव निरीक्षक यादव गौतमले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !