१२ बैशाख २०८१, बुधबार

तामाङ समाज कतारले नेपाली कलाकारसहित २८५४ औं सोनाम ल्होछार मनाउने


qutar programmes

१ माघ, कतार । नेपाल प्रवासी तामाङ समाज कतारले ‘तामाङ जातिको परिवर्तन,शैक्षिक तथा आर्थिक परिवर्तन’ भन्ने मूल नाराका साथ विशेष कार्यक्रम गरी ल्होछार पर्व मनाउने भएको छ । सन् २००५ मा कतारमा स्थापना भएको नेपाlल प्रवासी तामाङ समाज कतारले हरेक वर्ष जस्तै यस वर्ष जनवरी १९ तारिखमा उमसलाल अलिस्थित अल दाना रिसोर्टमा चर्चित कलाकारहरुको उपस्थितिमा २८५४ औं मन्जुश्री सम्वत अर्थात सोनाम ल्होछार कार्यक्रमको गर्न लागेको हो ।

कार्यक्रममा नेपालवाट गायक बिजय लामा, मोडेल तथा नायिका रुपा एस घले तामाङ, सेलो गायक प्रयास दोङ, म्येहेन्दोमाया गायक जयवीर तामाङ, मोडल तथा डान्सर डोल्मा मनाङथेन प्रस्तुतिका लागि कतार अाउने छन् ।

उपाध्यक्ष प्रकाश तामाङको संयोजकमा विभिन्न ठाउँका ब्यक्तीहरुलार्इ गाडीको जिम्मा दिएको समाजले बताए । पहिलो औपचारिक र दोस्रो साँस्कृतिक गरी कार्यक्रम दुर्इ चरणमा सम्पन्न हुने अायोजकले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !