७ बैशाख २०८१, शुक्रबार

लक्ष्मीको कृपा कसरी प्राप्त गर्ने ?


लक्ष्‍मीको पूजा

लक्ष्मीको पुजा गर्दैमा धन सम्पत्ति भरिने भए, केही नगरि धान चामल भित्रने भए किन जनताले दुःख भोग्ने थिए । हाम्रो सोच नै गलत छ हामी आस्थाका बन्दी हौं ।

कर्म नगरी केही फल्दैन । केही साथीहरुले लक्ष्मीको पुजा नगरी चन्द्रमासम्म पुगे भन्दै हुनुहुन्छ । यो धर्तीमा जन्म भएदेखि सवैले लक्ष्मीलाई नपुजी कोही अघि बढेको मैंले देखेकै छैन ।

हामीले रातदिन एक गरेर मेहनत गर्छौं यो सवै लक्ष्मीको देन हो जसले लक्ष्मीको बढी आराधना गरेको छ त्यसैले बढी लक्ष्मी भित्राउने गरेको छ ।

लक्ष्मी आफै भित्रने होइन हामीले भित्राउने हो । हामीले दुइवटा लक्ष्मी भित्राउने गरेका छौ एउटा गृह लक्ष्मी र अर्को कागतको लक्ष्मी । कागतको लक्ष्मी भित्राउदैमा कोही सम्पन्न हुदैन त्यसका लागि गृह लक्ष्मी आवश्यक हुन्छ ।

आज संसारमा जति पनि गलत काम हुदैछ सवै इनै लक्ष्मी प्राप्तिका लागि हुदैछ। हामी संघर्ष गर्छौं के का लागि यिनै लक्ष्मी प्राप्तिका लागि । लक्ष्मीलाई सहि तरिकाले प्रयोग गर्छौं भने चन्द्रमामा समेत पुर्याउन यिनै लक्ष्मीको साहेता चाहिन्छ ।

आज नोबेल कोरोना बनाएर फालेका छन् यो पनि लक्ष्मी प्राप्तिका लागि गरेका छन् । गलत काम गर्ने सवै लक्ष्मी प्राप्तिका लागि गरिएको हुन्छ ।

हामीले गर्ने हरेक काममा कहिन कहि लक्ष्मीको अंश हुन्छ । लक्ष्मी प्राप्ति गर्न गलत होइन सहि तरिकाले हामी लक्ष्मीको पछि लाग्छौँ भने हामीले स्थायित्व खालको इजत दिने खालको लक्ष्मी प्राप्त गर्नेछौं ।

आज लडाई झगडा हुनुको पछाडि लक्ष्मी कै हात हुन्छ । यिनै दुवै लक्ष्मीका कारण मनमुटाव जस्ता काम हुने गरेको हामीले देखि रहेका छौ । जब हामीले यी दुवै लक्ष्मीलाई रूष्ट गराउँछौ तब हामी घरको न घाटको हुन थाल्नेछौं ।

घरमा लक्ष्मीको बास होस् भन्नका लागि हामीले दुवै लक्ष्मीको ध्यान राम्रोसंग दिन सक्नुपर्छ । हामीले लक्ष्मी प्राप्ति त गरेउ तर लक्ष्मीको सहि सदुपयोग नभए मानिसले जतिसुकै मेहनत गरेपनि लक्ष्मी प्राप्त गरेर केही काम छैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !