८ बैशाख २०८१, शनिबार

घोराही उपमहानगरमा थारु भाषावाट सरकारी कामकाजमा लागु   


Capture

२३ पुस, घोराही । घोराही उपमहानगरपालिकाले आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले प्रथम नगरसभाबाट पारित गरेको नीति तथा कार्यक्रम अनुसार थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।

थारु भाषाबाट आएका निबेदनहरु दर्ता गरी कार्य सम्पादन हुने छ भने कार्यालयहरुमा नगर प्रमुख नरुलाल चौधरीसहितका जनप्रतिनिधि र थारु समुदायका कर्मचारीहरु थारु सेवाग्राहीसँग आफ्नै भाषामा कुराकानी गर्ने छन् ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले कृषि शाखाबाट संचालित अनुदान कार्यक्रमका लागि परेका निबेदनको मूल्यांकन गरी छनौट गर्न आर्थिक समितिका संयोजक राममणि पाण्डेयको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिको सदस्यहरुमा कार्यपालिका सदस्य माया रावत, वडा नम्बर १७ का अध्यक्ष खुसीराम चौधरी र कृषि शाखाका प्रमुख भरत पोख्रेल सदस्य सचिव रहेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !