८ बैशाख २०८१, शनिबार

कोरोनाको त्रासका कारण कैदीबन्दीको जिल्ला कारागारमै टीका


कैदीबन्दी

लमजुङ, १० कात्तिक । लमजुङको बेँसीशहरस्थित जिल्ला कारागारका कैदीबन्दीले कोरोनाको त्रासका बीच कारागारमै टीका लगाएर दशैँ मनाएका छन् । आज विजयदशमीका दिन कारागारमा रहेका सबैभन्दा बढी उमेरका कैदी ६५ वर्षीय रेखबहादुर थापा क्षेत्रीको हातबाट सबै कैदीबन्दीले साइतमै टीका लगाएका थिए ।

कोरोना त्रासका कारण कारागारमा विगतमा जस्तो आफन्तहरुलाई टीका लगाउन आउन नदिइएको कारागारका जेलर्स विष्णुप्रसाद पौडेलले बताए । विसं. २०२८ मा स्थापित सो कारागारमा हाल ८१ जना कैदीबन्दी छन् । यीमध्ये ७५ पुरुष र ६ महिला छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !