राष्ट्रपति विद्यादेवी भण्डारी गरिन् ऐतिहासिक रानीपोखरीको उद्घाटन Nepalpatra
१२ मंसिर २०७७, शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारी गरिन् रानीपोखरीको उद्घाटन


राष्ट्रपति विद्यादेवी भण्डारी गरिन् रानीपोखरीको उद्घाटन

काठमाडौं, कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालको महाभूकम्पपछि पुनर्निर्माण भएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ बजे राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन् ।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधनमन्त्री पत्नी राधिका शाक्य, उपप्रधानमन्त्री ईश्वर पोखरेल, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक शुशील ज्ञवाली,  सरकारका उच्च पदस्थ कर्मचारी लगायत विशिष्ट व्यक्तिहरुको  उपस्थित रहेको थियो । स्विमिङ पुल बन्नबाट जोगिएको रानीपोखरीको मल्लकालीन शैलीमा पुनर्निर्माण नेपाल सरकारले गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी गरिन् रानीपोखरीको उद्घाटन

शुरुमा बालगोपालेश्वर महादेवको मन्दिर बनाउन सिमेन्ट बालुवा र रड प्रयोग गरेर पिल्लर उठाएपछि चौतर्फी विरोध भएको थियो । कङ्क्रिट प्रयोग गर्दै मौलिकता नासिनेगरी पोखरी बनाउन लागेपछि संस्कृतिप्रेमी अभियन्ताले विरोध गरेका थिए ।

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको २०७२ माघ २ गते पुनर्निर्माण शिलान्यास गरिएको थियो । अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्‍दिर पुरानै स्वरुपमा तयार भएका छन् । रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदा पनि छिट्टै पुनर्निर्माण सकिने आशा व्यक्त गरेकी छिन् ।

साथै राष्ट्रपति भण्डारीले पुनर्निर्माण गरिएको दरबार हाइस्कुलको पनि उद्घाटन गरेकी छन् । दरबार हाइस्कुलको पुनर्निर्माण छिमेकी चीनको सहयोगमा भएको हो । विसं. २०७२ वैशाख १२ गतेको दिन गोरखाको बारपाक केन्द्रविन्दु भएको गएको भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनर्निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु