११ बैशाख २०८१, मंगलबार

मैथिली भाषालाई विश्वव्यापी बनाउन एपको विकास


जनकपुरधाम, १४ असोज । एक जना अभियन्ताले मैथिली ‘टयुटर’ नामक एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी गर्नुभएको छ ।

बन्दाबन्दीका अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी बनाउन सफल हुनुभएको हो । अभियन्ता झा सप्तरी जिल्लाको राजविराज नगरपालिकाका हुनुहुन्छ । अस्टे«लियाको लाँ ट्रो विश्वविद्यालयबाट दूरसञ्चार र नेटवर्क इञ्जिनीयरिङमा एमई गरी भारतको एउटा कम्पनीमा कार्यरत रहनुभएका उहाँ बन्दाबन्दीका कारण घरबाटै कार्य सम्पादनका क्रममा सो एपको विकास गर्नुभएको हो ।

मैथिली टयुटर नामक एपबाट मैथिली भाषा सजिलै सिक्नसक्ने विशेषता रहेको छ भने यसबाट मैथिली भाषीलगायत अन्य भाषीसमेत मैथिली भाषा सिक्न सकिनेछ । अभियन्ता झा भन्नुहुन्छ, “आफू अस्टे«लियामा अध्ययन गरे पनि मैथिली भाषाप्रतिको अगाध आस्था र पारिवारिक सदस्य एवं समाजको सहयोग एप विकासका लागि उत्प्रेरित गरेको हो ।” एपमा मैथिली भाषाको ऐतिहासिकताबाट प्रारम्भ गरी पाँच अध्यायमा भाषा बोल्ने र सिक्ने सीप र अभ्यासको विकास गरिएको छ ।

अभियन्ताका आमा आरती झा अभिनव मैथिलीे भाषाको एप विकासले विश्वभरि पु¥याउनमा सफलता पाएकामा आफू गौरव महसुस गरिरहेको बताउनुहुन्छ । अडियो, भिडियो, ग्राफिक्स र एनीमेशनको सहयोगले १५ दिनमा विकास गरिएको यस एपलाई गुगल प्लेस्टोरबाट डाउनलोडगरी मैथिली भाषा सजिलै सिक्नसक्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !