४ बैशाख २०८१, मंगलबार

गुरू पूर्णिमा र गुरूको महत्व


गुरू पूर्णिमा
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

गुरू पूर्णिमा गुरू मान्ने दिन हामीले आजको दिनलाई अन्य दिन भन्दा फरक दिनको रूपमा मान्नु पर्दछ । गुरु एक मार्गदर्शक हुन् । असल बाटोमा हिंड्न अभिप्रेरित गर्न सक्ने व्यक्ति, जुनसुकै उमेर वर्गको लाई पनि हामी गुरुको दर्जा दिन सक्छौ ।

गुरू विना यो संसार अन्धकार छ । गुरूलाई मान्ने शैलीमा भर पर्छ । माता पिता पनि गुरू हुन सवैभन्दा ठूलो भूमिका माता पिताले निभाएको देखिन्छ । गुरू हामीले जानकारी दिने सिकाउने जुनसुकै किन नहोस् गुरूको रूपमा मान्नुपर्छ ।

यस्तै गरी निराशामा लुकेको आशा नै गुरु हो । आफूमा भएको सत् विचार र अगि बढ्ने चाहना पनि गुरु हो । यसरी हामीले गुरुका मुर्त एवम् अमुर्त रुपको पहिचान गर्न सक्छौं । मान्छेको गुरु मान्छे नै हुन्छ भन्ने ज्ञान सबैमा हुन आवश्यक छ । गुरूलाई थुप्रै रूपमा हेर्न सकिन्छ ।

भर्खरै जन्मेको एउटा जंगली जनावरको बच्चालाई हिंड्न सिकाउने गुरु पनि प्रकृति नै हो भने वनस्पतिलाई उब्जन सिकाउने गुरु पनि प्रकृति नै हो । सवै गुरू भइकन पनि सवैभन्दा महत्वपूर्ण गुरूको स्थान माता पिता र आँखा देखाउने गुरूलाई सवैभन्दा उच्च स्थान दिन सके सार्थक हुने हामीलाई लागेको छ ।

धर्मज्ञो धर्मकर्ता च सदा धर्मपरायणः ।
तत्त्वेभ्यः सर्वशास्त्रार्थादेशको गुरुरुच्यते ॥

भावार्थ :

धर्म लाई जन्ने, धर्म बमोजिम आचरण गर्ने, धर्मलाई सर्वोस् ठान्ने तथा धर्मशास्त्र बमोजिम तत्वको आदेश गर्ने गुरु हुन्।

निवर्तयत्यन्यजनं प्रमादतः स्वयं च निष्पापपथे प्रवर्तते ।
गुणाति तत्त्वं हितमिच्छुरंगिनाम् शिवार्थिनां यः स गुरु र्निगद्यते ॥

भावार्थ :

जसले अरुलाई प्रमाद गर्न बाट रोक्न सक्छ, जो निस्पाप मार्गमा हिड्न सक्छ, जसले कल्याणको कामना गर्नेहरुको तत्वबोध गर्न सक्ने नै गुरु हो।

गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः ॥

भावार्थ :

गुरु ब्रह्मा हुन्, गुरु विष्णु हुन्, गुरु नै शंकर हुन्; गुरु नै साक्षात् परब्रह्म हुन्; उनै सद्गुरुलाई प्रणाम ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !