१३ बैशाख २०८१, बिहिबार

आजदेखि सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन


गृह मन्त्रालय

काठमाडौं, साउन २८ । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयहरुलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गरी ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले आज विहीबार साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो ।

कोरोना भाइरस (कोभिड-१९) को जोखिम उच्च भएकाले नेपाल सरकारबाट विभिन्न समयमा भएको निर्णय र मन्त्रालयबाट भएको निर्देशनसमेतका आधारमा उक्त परिपत्र जारी गरिएको हो । “हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्काे व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि सवारी पास वितरण नगर्नू नगराउनुहुन आदेशानुसार अनुरोध छ”, मन्त्रालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समयमा मुलुकभर कोभिड –१९ को संक्रमण बढ्दो छ । काठमाडौँ उपत्यकामा समेत सङ्क्रमण बढिरहेकाले प्रवेशमा कडाइ गरिएको छ ।

भोलिदेखि सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !