७ बैशाख २०८१, शुक्रबार

अपराधी उम्कन पाउँदैन : सञ्चारमन्त्री


sfe|]knf~rf]ssf] kgf}tL gu/kflnsf–% rf}sf]6df /x]sf] nIdL dlxnf art tyf C0f ;xsf/L ;+:yf ln= sf] …@) cf}+ aflif{s ;fwf/0f;efÚ sf] zlgaf/ pb3f6g ug'{x’Fb} ;~rf/ tyf ;”rgf k|ljlw dGqL uf]s’nk|;fb afF:sf]6f . tl:a/ M k]df nfdf, /f;; ag]kf

१३ असोज, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कुनैपनि अपराधी पानीमुनि लुकेपनि उम्कन नसक्ने बताउनुभएको छ ।

काभे्रपलाञ्चाकको पनौती नगरपालिका–५ चौकोटस्थित लक्ष्मी महिला सहकारीको आज २० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कुनैपनि अपराधी पानीमुनि लुकेपनि उम्कन सक्दैन, उसलाई कुनै क्षमा पनि हुँदैन ।” उहाँले नेपाली समाजका केही पुरुष र महिलाका कारण पनि समाज विकृत बन्दै अपराधिक घटना घटेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सूचना–प्रविधिको विकाससँगै विकृत रुपमा आएको अश्लील साइटले आपराधिक घटनामा बढोत्तरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अपराधिक घटना घटाउन अश्लील साइटले उत्पे्ररित ग¥यो, यसकारण आठ हजार अश्लील साइट बन्द गरिसक्यौँ ।”

समाजका सबै सभ्य नागरिक भए कुनैपनि अपराधिक घटना नहुने भएकाले प्रत्येक नागरिक स्वाभिमानपूर्वक आफ्ना गतिविधि गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा मात्रै नागरिक खराब भए समाजिक जीवनशैली बिग्रन्छ, त्यसैले पनि नागरिक चरित्रवान् बन्नु जरुरी छ ।” मन्त्री बाँस्कोटाले मुलुकका अझैपनि ६९ गाउँपालिका टेलिफोनविहीन रहेकाले एक वर्षभित्र ती क्षेत्रमा सञ्चार सेवा पु¥याउनुपर्ने आफ्नो जिम्मेवारी भएको बताउनुभयो ।

मन्त्री बास्कोटाले आजै बनेपा नपा–६ बुडोलमा अवस्थित काभे्र बहुमुखी क्याम्पसमा रहेको वाङ्मय पुस्तकालयका लागि क्याम्पस व्यवस्थापन समितिका सदस्य राजभाई प्रधानद्वारा व्यक्तिगत रुपमा रु ४५ लाखको लागतमा निर्मित दिव्यलक्ष्मी स्मृति भवनको शिलान्यास पनि गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !