८ बैशाख २०८१, शनिबार

समृद्धि कृषिबाटै खोज्नुपर्छ


पृथ्वीसुब्बा गुरुङ

३ मङ्सिर, लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषिबाटै समृद्धि खोज्नुपर्नेमा जोड दिनुभएको छ ।

मस्र्याङ्दी गाउँपालिकाले आयोजना गरेको प्रथम ‘मस्र्याङ्दी महोत्सव’को आज उद्घाटन गर्दै उहाँले प्रत्येक गाउँलाई आर्थिक गतिविधिको केन्द्र बनाइनुपर्ने बताउनुभयो । गण्डकी प्रदेशका ३०० गाउँमा होमस्टे सञ्चालन गर्ने योजनासहित ३० करोड बजेट विनियोजन गरिएको उहाँले जानकारी गराउनुभयो । प्रदेशका ५० हजार मासिनलाई स्वरोजगार बनाउने प्रदेशको योजना रहेको उहाँले बताउनुभयो ।

“गाउँमा आउने पाहुनालाई स्वागत सत्कार र होमस्टेमा बासको व्यवस्था तपाईंले गर्नुस्, होमस्टेसम्म पुग्ने पूर्वाधार निर्माण गर्न प्रदेश सरकार तत्पर छ ।”, उहाँले भन्नुभयो, “नेपालकै पहिलो होमस्टे सिरुवारी होमस्टेका रुपमा देश तथा विदेशसम्म प्रचार भएको एशियाकै नमूना होमस्टे लमजुङको घलेगाउँमा छ ।”

अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिकाको मुख्य आम्दानी कृषि र पर्यटन भएको उहाँको भनाइ थियो । उक्त महोत्सवमा गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारी, धनञ्जय दवाडी र मधु अधिकारी गुरुङले गाउँपालिकाको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो । महोत्सव मङ्सिर ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !