१३ बैशाख २०८१, बिहिबार

मौलिक हकको संवद्र्धन गर्न आह्वान


pradesh n 3

३ असोज, हेटौँडा । प्रदेश नं ३ प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानले जनतालाई सार्वभौम सत्ताको मालिक बनाएकाले जनताका मौलिक हकको संवद्र्धन गर्न आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख कोइरालाले चौथो संविधान दिवसका उपलक्ष्यमा आज यहाँ आयोजित एक स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दलहरुको अगुवाइमा देशमा राजनीतिक परिवर्तन भएको स्मरणसमेत गर्नुभयो ।

उहाँले प्रदेश सरकार र स्थानीय तहले प्रजातन्त्रको संस्थागत विकासका साथै राष्ट्रिय गौरवका आयोजनालाई प्रभावकारीरुपमा सञ्चालन गर्न ऊर्जाको उत्पादन गरी औद्योगिक विकासलाई टेवा पु¥याउन आग्रह गर्नुभयो ।

उक्त स्वागत कार्यक्रममा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, मन्त्रीहरु, विभिन्न मन्त्रालयका सचिव, राजनीतिक दलका प्रतिनिधि एवम् नेपाली सेना, प्रहरीका उच्च पदाधिकारी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !