७ बैशाख २०८१, शुक्रबार

जनताको सेवामा लाग्न सबै कर्मचारीलाई मुख्यमन्त्री रार्इको निर्देशन


Sherdhan Rai

२० चैत, तेह्रथुम । १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राईले जिल्लाका कार्यालय प्रमुखहरुलाई संघीयता कार्यान्वयनमा कर्मचारीको ठूलो हात हुने भन्दै जनताका सेवामा लाग्न सबै कर्मचारीलाई निर्देशन दिएका छन् ।

जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै राईले कर्मचारीको पुरानो केन्द्रीकृत सोच र मानसिकताका कारण जनतालाई सेवा लिन समस्या हुने बारेमा ईंगित गर्दै सेवाग्राहीको काममा ढिलासुस्ती नगर्न भनेका छन् ।

यस्तै जनप्रतिनिधीहरु संगको भेटघाट कार्यक्रममा प्रदेश–१ का मुख्यमन्त्री राईले चैत मसान्तभित्र प्रदेश सरकारले बजेट ल्याउने समेत बताएका छन् ।

त्यसका लागि अहिले बजेट निर्माणको काम चलिरहेको उनले बताए । प्रदेशका सबै जिल्लाका निर्वाचन क्षेत्रका समस्यालाई सम्बोधन गर्ने गरी बजेट निर्माण गर्ने तयारी भैरहेको राईले उल्लेख गरे ।

चालु आवको ३ महिनामा खर्च गर्ने गरी प्रदेश सरकारले १ अर्ब २ करोड रुपैंयाको सीमाभित्र रहेर बजेट ल्याउने मुख्यमन्त्री राईले घोषणा गरे ।

प्रदेश सरकारले ७ सय ६२ मेघावाट क्षमताको तमोर जलाशययुक्त आयोजनालाई बहुउद्देशीय आयोजनाको रुपमा विकास गर्न प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !