७ बैशाख २०८१, शुक्रबार

वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना सङ्क्रमण


वाग्मती प्रदेशसभा

वाग्मती, १ भदौ । वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित हुनुभएको छ । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उहाँको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उहाँको सचिवालयले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले पनि सोको पुष्टि गर्नुभयो । हेटौँडास्थित आफ्नै निवासमा उहाँ सेल्फ आइसोलेशनमा बस्नुभएको छ । कोरोना सङ्क्रमण पुष्टि भए पनि उहाँमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उहाँका स्वकीय सचिवले जनाएका छन् । उहाँसँंगै मकवानपुरमा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !