७ बैशाख २०८१, शुक्रबार

प्रदेश मन्त्रिमण्डल विस्तार : चार राज्यमन्त्री नियुक्त


प्रदेश मन्त्रिमण्डल विस्तार

विराटनगर, ५ माघ । प्रदेश नंं १ को मन्त्रिमण्डलमा आज चार जना राज्यमन्त्री थप गरी विस्तार गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेश मुख्यमन्त्री शेरधन राईले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेशसभा सदस्यहरुलाई राज्यमन्त्री नियुक्त गर्न सिफारिस गर्नु भएअनुसार चार राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।

नियुक्त हुने राज्यमन्त्रीमा रामबहादुर मगर भूमि व्यवस्था कृषि तथा सहकारी, अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार विकास, जसमाया गजमेर सामाजिक विकास र विजयकुमार विश्वास उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहनुभएको छ ।

मुख्यमन्त्री राईले नवनियुक्त राज्यमन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ गराउनुभयो । नवनियुक्त राज्यमन्त्री मगर इलाम, गुरुङ ओखलढुङ्गा, गजमेर झापा तथा विश्वास मोरङ जिल्लाका हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !