८ बैशाख २०८१, शनिबार

रौतामाई गाउँपालिकाभित्र भएको भ्रष्टाचारलाई लुकाउन गाउँपालिका अध्यक्ष खड्का नै लागेपछि…


रौतामाई गाउँपालिका

उदयपुर असोज १ । उदयपुरको रौतामाई गाउँपालिकाका स्थानिय युवाहरुले विरोध प्रदर्शन गरेका छन्। रौतामाई गाउँपालिकामा अनियमितता भएको भन्दै स्थानीय युवाहरु विरोध प्रदर्शनमा उत्रिएका हुन्। उनीहरुले ताली बजाउंदै विरोध गरेका थिए विरोध प्रदर्शनमा धेरै मानिसहरुको उपस्थिति थियो

गाउँपालिकाभित्र अनियमितता भएको कुरा सार्वजनिक भएपछि स्थानीयहरू विरोधमा उत्रिएको भिमराज क्याप्छाकिले जानकारी दिए । विरोधमा उत्रिएका युवाहरुले रौतामाई वडा नं ७ को वडा सचिव लोकेन्द्र कार्की मार्फत गाउँपालिकालाई ज्ञापनपत्र समेत बुझाएको भिमराजले जानकारी दिए ।

गाउँपालिकाभित्र अनियमितता भएको खबर सार्वजनिक भएपनि गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले कर्मचारीको बचाउ गर्दैै विज्ञप्ती जारीसमेत गरेका थिए । अध्यक्ष खड्काले कर्मचारीको बचाउ गर्दैै विज्ञप्ती जारी गरेपछि भ्रष्ट कर्मचारीको संरक्षणमा गाउँपालिका लागेको भन्दै युवाहरुले खबरदारी गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !