१३ बैशाख २०८१, बिहिबार

बास्कोटाको आक्रोश: गगन थापा मन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टाचारको जिम्मा कसले लिने, ठुला कुरा गर्ने ?


गोकुल बास्कोटा

काठमाडौँ, ३० जेठ । नेपाल कम्युनिष्ट पार्टीका नेता गोकुल बास्कोटाले कांग्रेसका युवा नेता गगन थापामाथि पनि गम्भीर प्रश्न गरेका छन् । नेता बास्कोटाले नेता थापा स्वास्थ्यमन्त्री हुँदाको समयमा भएको घटोलाको बारेमा प्रश्न गरेका छन् ।

कोरोना रोकथाममा सरकार असफल भएको भन्दै कांग्रेसले ज्ञापनपत्र बुझाईएको समयमा बास्कोटाले कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकारले पनि केहि काम गर्न नसकेको देखिएको भन्दै आरोपसमेत लगाए । नेता थापाले कोरोना रोकथामको पैसा खोइ भन्दै हिसाब मागेको कुरालाई लिएर बास्कोटाले भने, गगन थापा पनि स्वास्थ्यमन्त्री भएको देश हो । तर यो भन्दा अगाडी स्वास्थ्य क्षेत्रमा लाथालिंगको बारेमा जिम्मा कसले लिने ? न्यु खोज्ने कुरा गर्ने ठुला कुरा गर्ने ? हामीलाई पनि इतिहासका पाना पल्टाउन आउँछ । म जतिको जान्ने कोहि छैन भन्ने र मैले जे भन्यो त्यहि चल्छ भन्ने भ्रम छ ।”

बास्कोटाले कांग्रेसले सरकारले गरेको काम कहिले पनि नदेखिने समेत आरोप लगाए । उनले कांग्रेसको आँखा नै त्यस्तो रहेको समेत बताए । कांग्रेसले सरकार सफल भन्ने नमिल्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !