७ बैशाख २०८१, शुक्रबार

नेपाली काँग्रेस संसदीय दलको बैठक भोली बस्ने


नेपाली काँग्रेस संसदीय दल

काठमाडौँ, जेठ २९ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । भोली शुक्रबार दिउँसो २ बजे संघीय संसद भवन बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने नेपाली कांग्रेस संसदीय दलले जानकारी दिएको छ ।

सरकारले ल्याएको संविधान संशोधन विद्येयकमा नेपाली काँग्रेसले यसअघि नै समर्थन गर्ने बताइसकेको छ । हालै बसेको केन्द्रीय कार्यसमिति बैठकले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएकोले संसदमा कडा रूपमा प्रस्तुत हुने बताएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !