१३ बैशाख २०८१, बिहिबार

असार १ गतेदेखि सरकारी कार्यालय खोल्ने मन्त्रिपरिषद्को निर्णय


मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, जेठ २८ । आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खुल्ने भएका छन् । आज बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्नुका साथै अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । नेपाल सरकारले बजार खोल्ने र जोरबिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ ।

नेपाल सरकारले यस वर्षको नियमित एसइई परीक्षा नहुने गरी विद्यालयकै मूल्यांकनलाई मान्यता दिइने निर्णय भएको छ । आज बुधबार राती बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एसइई परीक्षा नहुने प्रस्ताव पारित गरेको एक मन्त्रीले बताए । बैठकमा यस वर्षको एसइई परीक्षा खारेज गर्न शिक्षा मन्त्रालयले प्रस्ताव पारित भएको हो ।

आज बसेको मन्त्रिपरिषद्‍ले गरेका निर्णय औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । सरकारका प्रवक्ताले भोलि बिहीबार मात्रै निर्णयबारे जानकारी दिने बताइएको छ ।

यो पनि पढ्नुहोस्

बजार खोल्ने र जोरबिजोर प्रणालीमा गाडी चल्न दिने सरकारको निर्णय

एसइई परीक्षा नहुने, विद्यालयकै आन्तरिक मूल्याङकनलाई मान्यता दिइने

एसइई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !