७ बैशाख २०८१, शुक्रबार

चुनौतीका रुपमा रहेको अधिनायकवादको सामना गर्न तयार : प्रधानमन्त्री


असोज ३१, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनौतीका रुपमा रहेको अधिनायकवादको सामना गरिने बताएका छन् । काठमाडौंमा भएको नेपाल विद्यार्थी संघको भेलामा उनले अधिनायकवाद लाद्न चाहने कम्युनिष्टहरुको सपना पूरा हुन नदिने उद्घोष गरे । निर्वाचन नचाहने केही तत्वले सरकार निर्वाचन चाहँदैन भनेर भ्रम फिजाइरहेको भन्दै उनले तोकिएकै समयमा चुनाव गरिने बचन दिए ।

लोकतान्त्रिक शक्तिहरुको एकताबाट मात्र मुलुकले गति लिने भन्दै उनले लोकतान्त्रिक शक्तिलाई विजय गराउनका लागि गाउँ जान कार्यकर्तालाई निर्देशन दिए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दावी गरे । मुलक अधिनायकवादमा जाने खतरा बढ्दै गएको भन्दै उनले अधिनायकवाद परास्त गर्नकै लागि एकजुट हुन लोकतान्त्रिक शक्तिसँग आग्रह गरे । उनले शहरमा होइन, अब गाउँमै गएर लोकतान्त्रिक शक्तिको पक्षमा जनलहर बनाउन कार्यकर्तालाई निर्देशन दिए ।

महामन्त्री डा. शशांक कोइरालाले संसारबाट सकिएका कम्युनिष्टले नेपालमा कुनै लछारपाटो लगाउन नसक्ने भन्दै कांग्रेसबीचको एकता नै जीतको आधार हुने प्रष्ट पारे । कार्यक्रमका अरु वक्ताले लोकतान्त्रिक शक्तिहरु बाम एकताबिरुद्ध नभई मुलुकमा देखिएको अस्थिरता अन्त्यका लागि एकजुट भएको दावी गरेका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !