६ बैशाख २०८१, बिहिबार

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै


नेपाली काँग्रेस केन्द्रीय समिति बैठक g]sf sfo{;ldlt a}7s g]kfnL sfFu|]; kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf laxLaf/ a;]sf] s]Gb|Lo sfo{;ldltsf] a}7s . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, जेठ २६ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्य समितिको बैठक आज सोमबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने बैठकमा कोभिड-१९ को महामारीका सम्बन्धमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठक पार्टी सभापति शेर बहादुर देउवाले आकस्मिक रुपमा बोलाएको बताइएको छ । पछिल्लो समय सरकारको कामप्रति कडा आलोचना गर्दे आएको नेपाली काँग्रेसको सरकारका काम कारबाहीमा बारेमा पनि समिक्षा गर्ने पौडेलेको भनाइ छ ।

यसअघि गत १७ गते काँग्रेस केन्द्रीय समिति बैठकले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । बैठकले संविधानको धारा-९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा रहेको निशान छाप संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !