१३ बैशाख २०८१, बिहिबार

डा. भट्टराईको वरियता र राजनीतिक उचाई आयोगमा पेश भएको कागजले गर्दैन : कमल थापा


कमल थापा

जेठ २६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रशंसा गरेका छन् । आइतबार जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि भट्टराईको वरियताको विषयमा ठुलो आलोचना भएको छ ।

नँया शक्ति पार्टीका अध्यक्ष डा.भट्टराई समाजवादी पार्टीका उपेन्द्र यादवसँग पार्टी एकीकरण गरेसँगै केहि महिना पछि राजपासँग पुनः पार्टी एकीकरण भएको थियो । त्यसपछि निरन्तर छलफलपछि आयोगमा पार्टी दर्ता गर्ने क्रममा भट्टराईको वरियता चौथो स्थानमा भएपछि निकै ठुलो आलोचना भइरहेको छ ।

यो संगै कमल थापाले पनि एक स्टाटस लेख्दै डा.भट्टराईको वरियता/राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले नगर्ने बताएका छन् थापाले डा.भट्टराईसँग धेरै विषयमा आफ्नो मतभेद भएको समेत बताएका छन् ।

थापाले लेखेका छन्, “वरियताको विषयमा डा.भट्टराईलाई केहीले खिसी गरेको पढें।बाबुरामजीसंग धेरै विषयमा मेरो मतभेद छ । तर,उहाॅको वरियता/राजनीतिक उचाई नि.आयोगमा पेशभएको कागजले गर्दैन । लामो राजनीतिक यात्रा/संघर्षले समाजमा उहाॅको स्थान कायम भैसकेको छ । एकतागर्दा नाम तल राख्न मानेर बरु उहांको उचाई अझै बढेको देखिन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !