७ बैशाख २०८१, शुक्रबार

लकडाउन उल्लङ्घन गर्न खाज्नेलाई बास्कोटाको प्रश्न: काेरनाकाे ओखती भिडभाडमा फेला पार्न सकिन्छ र ?


गोकुल बास्कोटा

२३ जेठ, काठमाडौं । नेकपा नेता तथा पुर्वमन्त्री गोकुल बास्कोटाले लकडाउन खुकुलो बनाउन लागेपछि आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । बास्कोटाले आज एक स्टाटस लेख्दै बन्दाबन्दी उल्लङ्घन गर्न उक्सने र उकास्ने कार्यमा रमाउन खाज्नेलाई साेध्न मन लाग्याे भन्दै प्रश्न गरेका छन् ।

नेता बास्कोटाले काेरनाकाे ओखती भिडभाडमा फेला पार्न सकिन्छ र भन्दै प्रश्न गर्दै लेखेका छन्, “बन्दाबन्दी उल्लङ्घन गर्न उक्सने र उकास्ने कार्यमा रमाउन खाज्नेलाई साेध्न मन लाग्याे- काेरनाकाे ओखती भिडभाडमा फेला पार्न सकिन्छ र ? बरु बन्दाबन्दीकाे सरलीकृत तरिका के कस्ताे हाेला ?जनजीवन चलाेस तर काेरनाबाट टाढा राख्न सकियाेस भनेर साेच्दा दिमागमा ज्वालामुखी नै फुट्ने त हाेईन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !