, कांग्रेसकाे खास्टाेमा रहेकाे बिरालो आखिर म्याउँ गरी छाड्याे भन्दै बास्कोटाले दिए यस्तो चेतावनी !

कांग्रेसकाे खास्टाेमा रहेकाे बिरालो आखिर म्याउँ गरी छाड्याे भन्दै बास्कोटाले दिए यस्तो चेतावनी !

काठमाडौँ, २१ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसलाई व्यंग्य गर्दै एक स्टाटस लेखेका छन् । पूर्वमन्त्री समेत रहेका बास्कोटाले कांग्रेसकाे खास्टाेमा रहेकाे बिरालो आखिर म्याउँ गरी छाडेको बताएका छन् ।

बास्कोटाले काँङ्ग्रेस आफैले आफ्ना चार मध्ये दुई पिलर मानेकाे राष्ट्र र राष्ट्रियताका विषयमा अनुचित उदेश्य सहित किचलाे झिक्नु कति शाेभनिय हाे भन्दै प्रश्नसमेत गरेका छन् ।

उनले लेखेका छन्, “काँङग्रेसकाे खास्टाेमा रहेकाे बिरालो आखिर म्याउँ गरी छाड्याे । आन्तरिक राजनीतिक मुद्दामा पछि छलफल गरे हुन्छ । तर काँङ्ग्रेस आफैले आफ्ना चार मध्ये दुई पिलर मानेकाे राष्ट्र र राष्ट्रियताका विषयमा अनुचित उदेश्य सहित किचलाे झिक्नु कति शाेभनिय हाे? कता माया लाउने हाे,उसैले साेचाेस ।”