४ बैशाख २०८१, मंगलबार

सांसदहरुको बिदाईका लागि संसदको विशेष बैठक भोलि, शीर्ष नेताहरुले सम्बोधन गर्ने


असोज २७, काठमाडौँ । बिजनेसका हिसावले संसद्को शुक्रबार बस्ने बैठक अन्तिम भए पनि सभामुख ओनसरी घर्तीले भोलि (शनिबार) विशेष बैठक राखेकी छन् ।सभामुख घर्तीले सांसदहरुको विधिवत् बिदाइ गर्ने उद्देश्यले शनिबार अपराह्न विशेष बैठक बोलाएकी हुन् ।

प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेपछि सभामुखले बैठक राखेको बताइएको छ । बैठकमा सभामुख र शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

निर्वाचन आयोगले असोज २९ गते समानुपातिकको बन्दसूची पेश गर्ने मिति तोकेकाले २८ गते मध्यरातिदेखि रुपान्तरिक व्यवस्थपिका संसद् स्वतः विघटन हुने संसद सचिवालयले जनाएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !