१३ बैशाख २०८१, बिहिबार

नयाँ नक्सा विधेयकमा तगारो बनेका यादवले भन्छन्, “ओलीबाट भूमि आउनेवाला छैन्”


Upendra Yadav

काठमाडौं, १६ जेठ । जनता समाजवादी पार्टी, नेपालका नेता तथा उपेन्द्र यादवले मधेशका जनता, आदिवासीहरुले नै यो राष्ट जोगाएको बताएका छन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले एक टेलिभिजनसँग अन्तर्वार्ता दिँदै मधेशी जनता, आदिवासीहरुले नै मुलुकलाई जोगाएको बताएका हुन् ।

संविधान संशोधनका आफ्ना मुद्दाहरु सम्बोधन हुन्छन् कि हुँदैनन् यो हेर्न बाँकी रहेको यादवको भनाई छ । उनले भने,’प्रधानमन्त्रीले हाम्रो मुद्दा सम्बोधन गर्ने कि नगर्ने ? त्यस विषयमा हाम्रो छलफल चलिराखेको छ । त्यसमा प्रधानमन्त्रीको दायित्व हो हामीलाई पनि साथमा लिएर जाने । यदि उहाँले लिएर जान सक्नुभएन भने त्यो उहाँको दोष हुन्छ । उहाँले हाम्रो मुद्दा सम्बोधन गर्नुहुन्छ भनेर विश्वास, अविश्वासको कुराभन्दा पनि नियतको कुरा हो । उहाँले मुलुकलाई कता लैजानुहुन्छ । यो पहिलो कुरा हो, अर्को कुरा देशको आन्तरिक एकता नभईकन, आन्तरिक एकता दहो नभईकन उहाँले भन्नुहुन्छ नि भूमि ल्याउने, भूमि ल्याउने होईन उहाँले । आउनेवालापनि उहाँबाट होईन । एउटा कुरा याद राख्नुहोस्।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !