१२ बैशाख २०८१, बुधबार

ओली सरकार र मन्त्रीको लागि सहायक प्रवक्ता नियुक्ति नगरिएको भन्दै प्रवक्ता शर्माले दिए यस्तो चेतावनी


विश्वप्रकाश शर्मा

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट सरकारका केही मन्त्री या कोहि मुख्यमन्त्रीलाई नेपाली कांग्रेसको धारणा व्यक्त या ब्याख्या गर्न `सहायक प्रवक्ता´ नियुक्त नगरिएको बताएका छन् ।

नँया नक्साको विवादले गर्दा कांग्रेसको आलोचना हुँदै आएपछि प्रवक्ता शर्माले आज एक स्टाटस लेख्दै भनेका छन्, “कम्युनिस्ट सरकारका केही मन्त्री या कोहि मुख्यमन्त्रीलाई नेपाली कांग्रेसको धारणा व्यक्त या ब्याख्या गर्न `सहायक प्रवक्ता´ नियुक्त गरिएको छैन । न भारतीय मिडियालाई `मुखपत्र´को दायित्व दिइएको छ । कांग्रेस प्रवक्तालाई शोध्नोस् कांग्रेसको धारणा कि कुर्नोस् जेठ १७ को केन्द्रीय समिति ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !