१२ बैशाख २०८१, बुधबार

जनसंख्याको २ प्रतिशतको कोरोना परीक्षण गरिन्छ : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओली

१२ जेठ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जनसंख्याको २ प्रतिशतको कोरोना भाइरस (कोभिड-१९) परीक्षण गरिने बताएका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञहरुको राय सुझावका आधारमा देशको कुल जनसंख्याको कम्तीमा २ प्रतिशत नेपाली जनताको कोरोना भाइरसको परीक्षण विस्तार गरिने बताएका हुन् ।

साथै प्रधानमन्त्रीले एकमात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण अब सातै प्रदेशका २० वटा प्रयोगशाला स्थापना गरिसकेको पनि बताएका छन् । प्रधानमन्त्रीले क्वारेन्टाइनको संख्या र गुणस्तर विकास गरिने भन्दै बन्द भएका होटल र खाली सार्वजनिक संरचनाहरुलाई क्वारेन्टाइनका रुपमा विकास गरिने पनि बताएका छन् ।

उनले विदेशमा रहेका नागरिकप्रति सरकार संवेदनशील रहेको बताएका छन् । उनले छिमेकी भारतबाट आउनेहरुमा परीक्षणको अभावमा महामारी तीब्र गतिमा बढेको बताए । उनले परीक्षणमा आउन उनीहरुलाई आग्रह समेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !