११ बैशाख २०८१, मंगलबार

नेपाली काँग्रेस कास्कीले एकै दिन एउटै समयमा प्रदेश भेला गर्ने


असोज २४, कास्की | नेपाली काँग्रेस कास्कीले कास्कीका ६ वटै प्रदेशमा एकै दिन एउटै समयमा प्रदेशस्तरीय कार्यकर्ता भेला गर्ने भएको छ । पोखरामा सोमबार बसेको कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति, गाउँपालिका संयोजक र पोखरा लेखनाथ महानगरपालिका सभापतिको संयुक्त बैठकले सो निर्णय गरेको हो।

बैठकले कास्कीका ६ वटा प्रदेशमा असोज २८ गते शनिवार ११ बजे कार्यकर्ता भेला गर्ने निर्णय गरेको कास्की काँग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए। भेलामा स्थानीय निर्वाचनका उम्मेद्वार, क्षेत्रीय प्रतिनिधि, नगर तथा गाउँ समितिका पदाधिकारी एवं सदस्य, शुभेच्छुक र भातृ संघ संस्थाका प्रतिनिधिहरु सहभागि हुनेछन्।बैठकले भेलाको तयारीका लागि प्रत्यक प्रदेशमा संयोजक समेत तोकेको छ।

कास्की काँग्रेसका सचिव रामराज लामिछानेका अनुसार, कास्की क्षेत्र नं १ (क) का लागि शरद सुवेदी, (ख) का लागि बृजमान गुरुङ, क्षेत्र नं २ (क) का लागि विजयराज आचार्य, (ख) का लागि माधव बास्तोला ‘मधु’, क्षेत्र नं ३ (क) का लागि कमलबहादुर गुरुङ र (ख) का लागि पोषनाथ शर्मालाई संयोजक तोकिएको छ। संयोजकले सवैलाई पायक पर्ने गरी भेला गर्ने स्थान छनोट गर्ने छन्। बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !