११ बैशाख २०८१, मंगलबार

नेकपा अध्यक्ष प्रचण्डलाई मन्त्री अर्यालद्वारा नेपालको अध्यावधिक नक्सा हस्तान्तरण


नेकपा अध्यक्ष प्रचण्डलाई मन्त्री अर्यालद्वारा नेपालको अध्यावधिक नक्सा हस्तान्तरण

काठमाडौं, जेष्ठ १० । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गर्नुभएको छ । आज शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर मन्त्री अर्यालले नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा उहाँलाई प्रदान गर्नुभएको हो ।

सो अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार पार्न खट्नु हुने मन्त्री सहित मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिनुभएको थियो । मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पखाईमा रहेको स्पष्ट पार्नुभएको थियो । साे अवसरमा मन्त्रालयका सचिव, नापी विभागका महानिर्देशक, उपमहानिर्देशक लगायतकाे उपस्थिति रहेकाे थियाे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !