१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीको बोली बुझिन्छ, तर कर्म बुझिँदैन् : रामहरि खतिवडा


रामहरि खतिवडा

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले प्रधानमन्त्री ओलीलाई आफ्नो यही कार्यकालमा नेपालका अतिक्रमित भूमि फिर्ता गरेर देखाउनपनि आग्रह गरेका छन् ।

खतिवडाले एक टेलिभिजनको अन्तर्वार्ता दिँदै भनेका छन्, “हाम्रो जीवनकालमा यो काम भयो भने उहाँलाई म स्यालुट गर्न चाहन्छु । तर, उनले वर्तमान प्रधानमन्त्री ओलीको बोली असाध्यै राम्रोसँग बुझिने भएपनि उनको कर्म भने नबुझिने पनि टिप्पणी गरे ।” नेकपाका सांसद गणेश सिंह ठगुन्नाले प्रधानमन्त्री ओलीले ऐतिहासिक काम गरेको दाबी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !