४ बैशाख २०८१, मंगलबार

धनुषाको गणेशमान चारनाथ–११ मा माओवादी केन्द्रको प्यानलै विजयी


असोज ३, धनुषा । धनुषा जिल्लाका विभिन्न १० स्थानीय तहमा मतगणना सोमबार रातिदेखि नै जारी छ । निर्वाचन कार्यालय धनुषाकाअनुसार मिथिला विहारी, गणेशमान चारनाथ, हंसपुर, औरही, धनुषाधाम, विदेह र क्षीरेश्वरनाथ नगरपालिका तथा बटेश्वर, मुखियापट्टी मुसहरनिया र जनकनन्दनी गाउँपालिकामा सोमबार रातिदेखि नै मतगणना जारी छ ।

पछिल्लो मतपरिणामानुसार मिथिला विहारी प्रमुखमा नेकपा एमाले ३१४, नेपाली कांग्रेस २४३ र संघीय समाजवादी फोरम नेपाल १६३, क्षीरेश्वरनाथ प्रमुखमा समाजवादी फोरम २१०, कांग्रेस १८१ र एमाले ८१, गणेशमान चारनाथमा नेकपा माओवादी केन्द्र १९४, समाजवादी फोरम १५८ र कांग्रेस १२० तथा हंसपुरमा समाजवादी फोरम २१७, एमाले १५१ र कांग्रेसको १३१ मत छ ।

यसैबीच, गणेशमान चारनाथ–११ मा माओवादी केन्द्रले खाता खोलेको छ । माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार सत्यनारायण कुँवर २०८ मत ल्याइ समूहसहित विजयी भएका छन् ।

यता, जनकपुर उपमहानगरपालिकामा पनि केहीबेरमै मतगणना सुरु गरिने प्रमुख निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले दिए । जनकपुरमा मतगणना सुरु गर्ने सम्बन्धमा मंगगलबार बिहान प्रमुख दलका जिल्ला अध्यक्ष र प्रमुखका उम्मेदवारसँग सर्वदलीय बैठक बसेको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !