१२ बैशाख २०८१, बुधबार

सरकारी वकिलको कार्यालयद्वारा पनि अपहरणको मुद्धा जाहेरी लिन अस्वीकार


सरकारी वकिलको कार्यालय

१६ वैशाख, काठमाडौं । महानगरी प्रहरी परिसर काठमाडौंले अपहरणको जाहेरी लिन नमानेपछि नवगठित जनता समाजवादी पार्टीका शीर्ष नेताहरु आफ्ना सांसद डा. सुरेन्द्र यादव अपहरणको जाहेरी लिएर सरकारी वकिल कार्यालय काठमाडौँ पुगेका थिए ।

उनीहरु सरकारी वकिल कार्यालयमा बसेर दुई घण्टा लामो छलफल गरेपनि सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख हरिप्रसाद रेग्मीले अपहरणको जाहेरी दर्ता गर्न नमानी अस्वीकार गरिदिएका छन् ।

सांसद यादवलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको दाबीसहित किटानी जाहेरी लिएर उनीहरू सरकारी वकिल कार्यालय पुगेका थिए ।

आज मंगलबार बबरमहलस्थित सरकारी वकिल कार्यालयमा सांसद यादव लगायत जनता समाजवादीका शीर्ष नेता जाहेरी लिएर पुगेका हुन् । जाहेरी लिएर सांसद यादव, जनता समाजवादीका नेताहरू उपेन्द्र यादव, शरदसिंह भण्डारी, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ लगायत सरकारी वकिल कार्यालय पुगेका हुन् ।

आइतबार महानगरी प्रहरी परिसर काठमाडौंले जाहेरी नलिएकोले उनीहरूले विकल्प खोज्ने बताएका थिए । समाजवादी पार्टी फुटाउने प्रयोजनका लागि सांसद यादवलाई महोत्तरीस्थित घरबाट नेकपा सांसद्वय र खनालले अपहरण गरेको जनता समाजवादीले दाबी गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !