१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन् – नेकपाकाे नाममा चलखेल गर्नु लज्जाशरणम् !


सूर्य थापा

१४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले काेरोनाका कारण उत्पन्न राष्ट्रिय संकटविरूद्द जुधिरहेकाे र सफल ढंगले काम गरिरहेकाे सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्द जारी नेकपाकाे नाममा चलखेल गर्नु लज्जाशरणम् भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै पार्टी एकता र त्यसपछिका सहमतिहरू उल्लंघन गर्दै षड्यन्त्र र छलछामहरू गर्ने सिलसिलाकाे पराकाष्ठा भएको पनि आरोप पनि लगाएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘हङ्ग पार्लियामेन्ट भयाे भनेर नेपाली जनताले दुई तिहाई संख्यामा नेकपालाई जिताइदिए, नाङ्गो भागबण्डाले त हङ्ग पार्टी पाे भएछ ! जनमतकाे घाेर अपमान, भागबन्डाको स्वभाविक परिणाम ।’ \


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !