१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीले ११ बजे सम्बोधन गर्दै


प्रधानमन्त्री केपी शर्मा ओली

चैत २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासबाट आज ११ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै छन् । नेपाल टेलिभिजनले प्रधानमन्त्री ओलीको सम्बोधनको प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले अहिलेसम्मका गरेका तयारी र कार्ययोजनाबारे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्रीले स्वास्थ्यकर्मीलाई निर्धक्क भएर उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन आग्रह गर्ने बुझिएको छ ।

साथै उनले आम नेपालीलाई नआत्तिन र लकडाउनको पूर्णपालना गर्न आग्रह गर्ने बताइएको छ । सरकारले ११ चैतदेखि सुरु भएको लकडाउनको अवधि बढाएर ३ वैशाखसम्म पुर्याएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !