११ बैशाख २०८१, मंगलबार

सामान्य हेलचक्राईंले विपद् आउनसक्ने भन्दै सतर्क रहन मन्त्री मानन्धरको सुझाव


रामवीर मानन्धर

चैत १४, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लकडाउनको पुर्ण पालना गर्न आग्रह गरेका छन् । मन्त्री मानन्धरले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सबै प्रवन्ध मिलाएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए । मन्त्री मानन्धरले नागरिकको जिवन रक्षाका लागि सरकारले अथक मेहनत गरिरहेको र सामान्य हेलचक्राईंले विपद् आउनसक्ने भन्दै सतर्क रहनु नै उत्तम उपय भएको बताए ।

कोरोना भाइसर नियन्त्रण उच्चस्तरीय समिति र स्वास्थ्य मन्त्रालयले गरिरहेको तयारीमा सहयोग गर्नका लागि सहरी विकास मन्त्रालयले सात सदस्यीय समिति गठन गरेको बताए । मन्त्री मानन्धरले क्वारेन्टाइन स्थलको अभाव हुन नदिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !