७ बैशाख २०८१, शुक्रबार

लकडाउन २१ दिनसम्म लम्बिन सक्छ – मन्त्री भट्टराई


योगेश भट्टराई

१२ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लकडाउनलाई जनताले पूर्ण रुपमा पालना नगरे ठूलो जोखिम हुने भन्दै १ साताको लकडाउनले नपुग्ने भएकाले २१ दिनसम्मको लकडाउन लम्बिन सक्ने बताएका छन् । अनलाइनखबर डटकमसँगको भिडियो अन्तर्वार्ताका क्रममा कुरा गर्दै मन्त्री भट्टराईले देशभर १ लाखभन्दा बढी मान्छे राख्ने गरि क्वारेन्टाइन व्यवस्थापन शुरु गरेको बताएका छन् ।

उच्चस्तरीय समन्वय समितिले मन्त्री भट्टराईको अध्यक्षतामा गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिले नगरकोटमा मात्रै २००० जनालाई राख्न मिल्ने गरी क्वारेन्टाइन बनाउन लागेको छ । मन्त्री भट्टराईले नगरकोटका होटलहरु र दुवाकोटस्थित केएमसी अस्पतालमा क्वारेन्टाइन बनाउन बुधवार स्थगलत निरीक्षण गरी सहमति जुटाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !