७ बैशाख २०८१, शुक्रबार

गाँजा विधेयकलाई सवै सातै प्रदेशमा दर्ता गर्ने तयारी


sherbahadur tamang

२५ फागुन, काठमाडौं । गाँजा खेतीलाई वैधानिकता दिने सम्बन्धी विधेयक सबै प्रदेश सभामा दर्ता गर्ने तयारी भएको छ । संघीय संसदमा पूर्व कानुनमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शेर बहादुर तामाङले नेतृत्व गरेका छन् । उनले यही फागुन १९ गते प्रतिनिधि सभामा विधेयक दर्ता गरे ।

बागमती प्रदेशमा गाँजा खेती सम्बन्धी विधेयक दर्ता भइसकेको छ । बागमतीमा पूर्वमन्त्री केशव स्थापितले २० फागुनमा विधेयक दर्ता गरेका हुन् । सांसद तामाङका अुनसार बाँकी छ वटा प्रदेशमा पनि यससम्बन्धी विधेयक दर्ता गर्ने तयारी भइरहेको छ ।

केही समय अघि नेकपाकै सांसद विरोध खतिवडाको नेतृत्वमा प्रतिनिधि सभामा गाँजा खेतीलाई वैध बनाउने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । जरुरी सार्वजनिक महत्वको प्रस्तावमा अधिकांश ग्रामिण क्षेत्रका सांसदहरूले समर्थन जनाएको देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !