७ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभा बैठकमा कोरोना र कालापानीबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश


प्रतिनिधिसभा

फागुन २३, काठमाडौं । प्रतिनिधिसभा बैठकमा कोरोना भाइरस (कोभिड-१९) र कालापानीबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश भएको छ । नेपाली काँग्रेसका सांसद गगन थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेश भएको हो ।

सांसद थापाले कोरोना विरुद्ध सबैजना एकजुट भएर राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नुपर्ने भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका हुन् । प्रस्तावमा विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सुचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नको जवाफ सरकारले सदनलाई दिनुपर्ने उल्लेख छ ।

यस्तै बैठकमा बैठकमा भारतको अतिक्रमणमा परेको कालापानीबारे संकल्प प्रस्ताव पेश हुने संसद सचिवालयले जनाएको छ । सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले कालापानीबाट भारतीय सेना हटाउने विषयको संकल्प प्रस्ताव पेश गर्ने र सांसद रामकुमारी झाँक्रीले समर्थन गर्ने कार्यसूची रहेको छ ।

‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कटियाङदी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कुटनीतिक र अन्य पहलकदमी गरी नेपालको भुभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकोले’ भन्ने विषयको सो संकल्प प्रस्ताव सचिवालयमा दर्ता भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !