को हुन् गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ ?

पृष्ठभूमि र जन्म
देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट रामेछाप-२ बाट प्रत्यक्ष निर्वाचित सांसद श्यामकुमार श्रेष्ठले गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रभावशाली युवा नेता तथा गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठ जनयुद्धको भिषण आधिवेहरीमा जुधेर, पलपल मृत्युको मुखबाट बाचेर आएका हुन । यसअघि नै मन्त्री हुने चर्चा पनि चलेका श्रेष्ठलाई गृह राज्यमन्त्री बनाएर केहि हदसम्म भएपनि रामेछापले जनयुद्धदेखि शान्ति प्रक्रिया हुदै अहिलेको अवस्था ल्याउनको लागि खेलेको योगदानको कदर भएको छ ।
रामेछापलाई नेकपा माओवादी केन्द्रले जनयुद्धको उदगमस्थल र आधार इकालाको रुपमा चित्रित गर्दै आएको छ । जनयुद्धको क्रममा युद्धविरामको समयमा दोरम्बा हत्याकाण्डमा २१ ज्नाको सामुहिक हत्या गरिएको थियो । रामेछापलाई नेकपा माओवादी केन्द्रले जनयुद्धमा उच्च वलिदान गरेको अर्थका रुपमा लिने गरेको छ । अध्यक्ष प्रचण्डलाई रामेछापका नेताहरुले पार्टीले दोरम्बा, बेथान, चुचुरे गर्जाङ र देउरालीको वीरता र इतिहासको चर्चा गर्ने गरेपनि अवसर दिने बेलामा बहानाबाजी गर्ने गरेको आरोप लगाएका थिए ।
श्यामकुमार श्रेष्ठको जन्म बिसं २०२८ साल पुष १ गते गेलु-९ र हाल मन्थली नगरपालिका रामेछापमा भएको हो । उनका बाबुको नाम तीर्थदास श्रेष्ठ र आमाको नाम कष्टमाया श्रेष्ठ हो । उनकी श्रीमतीको नाम टीकामाया श्रेष्ठ हो । उनका ३ छोरा र १ छोरी छन् ।
शिक्षा
श्रेष्ठले मानविकी संकाय अन्तर्गत अर्थशास्त्र राजनीतिशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । उनका विभिन्न पत्रपत्रिकामा लेखहरु प्रकाशित छन ।
राजनीतिक यात्रा
संविधानसभा निर्वाचनमा निर्वाचित भएपनि रामेछापको विकास निर्माणमा भूमिका खेल्नु भएका श्रेष्ठले आगामी दिनमा पनि देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
१. वि.सं. २०४३ सालदेखि तत्कालीन नेकपा मसालको विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश ।
२. २०४७ सालमा दयानारायण श्रेष्ठबाट पार्टी सदस्यता लिएको ।
३. २०४८ को एकता महाधिवशेनपछि जिल्ला कार्य समिति रामेछापको सदस्य ।
४. २०५१ साल फागुनबाट माओवादीले जनयुद्ध सुरु गरेपछि २०५६ सालसम्म अर्धभूमिगत ।
५. २०५७ सालमा नेकपा माओवादीको पूर्णकालिन सदस्य हुँदै पूर्वी कमाण्ड अन्तर्गत रामेछाप–काभ्रेको सव–एरियाको सेक्रटरी ।
६. २०५८ सालमा माओवादीको रामेछापको जिल्ला कार्यससमिति सदस्य ।
७. २०५९ मा प्राविधिक कमाण्डको इन्चार्ज ।
८. २०६० मा रामेछाप–काभ्रे जिल्लाको ईलाका सेक्रेटरी ।
९. २०६१ देखि चुनवाङ बैठकसम्म रामेछाप जिल्लाको सेक्रेटरी हुँदै त्यसपछि २०६६ सालसम्म विशेष केन्द्रीय कमाण्डाको कार्यालय सचिव ।
१०. २०६६ बाट नै पुनः रामेछापको सेक्रेटरी ।
११. २०६८ देखि २०७० सम्म रामेछापमा संगठन विभाग प्रमुख ।
१२. २०७० सालका दोस्रो संविधानसभा निर्वाचनबाट नेकपा माओवादी केन्द्रबाट रामेछापबाट प्रत्यक्ष निर्वाचित सांसद ।
१३. व्यवस्थापिका सांसदको उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध समितिको सदस्य ।
१४. २०७२ मा पार्टीको केन्द्रीय कमिटीको सदस्य ।
१५. २०७३ मा पार्टीको पोलिटब्यूरो सदस्य ।
१६. स्थानीय तहको निर्वाचनमा रामेछापको निर्वाचन परिचालन समितिका संयोजक ।

विदेश भ्रमण
पाकिस्तान, बहराइन, कतार, चीन र भारत ।
एम्बुस , गोली र सेनाको घेरा छल्दै मन्त्रीसम्म
जनयुद्धको समयमा दर्जनौ मोर्चामा सहभागी हुनुभएका सांसद श्रेष्ठले पाँच वटा घटनामा भने मृत्युको मुखमा पुगेर पनि बालबाल बचेको बताए । पार्टीको बैठक राख्न जाने क्रममा २०५९ रामेछापको कुखुरे आहल कालपानी जङगलमा सेनासँग जम्काभेट हुँदा कुहिरोको कारण ज्यान जोगाउन सफल भएको बताउदै मन्त्री श्रेष्ठले भने,‘गोलीको कारण सल्लाको रुखको फक्लेटा निस्किएको थियो, तर पनि भागेर ज्यान बचाउन सफल भयौं ।’ कुहिरो नलागेको भए बाच्ने कुनै आश नै थिएन, प्रकृतिले पनि कहिलेकाही साथ दिदो रहेछजस्तो लाग्यो, उनले भने ।
दोश्रो युद्ध विराम भएको बेला २०६० साल फाल्गुन १५ गते बृहत गोलमेच सम्मेलन भईरहेको दोरम्बामा शाही नेपाली सेनाद्धारा युद्ध विरामको बेला चौचर्फी घेरा हाली कब्जा गर्दा उक्त घेरा तोडी भाग्न सफल भए ।
मन्थली हान्न अध्ययन गर्न जादा सेनाको मुखबाट जोगियौं
जनयुद्धको समयमा पार्टीले २०५९ मा रामेछापको सदरमुकाम मन्थली हाल्ने योजना पार्टीले बनाएको थियो । सोही योजना अनुसार बर्षमान पुन, सुन्तु दराई र आफू मन्थलीको अध्ययनको लागि गएको स्मरण गर्दै मन्त्री श्रेष्ठले चिसापानीबाट अध्ययन गरेर मुगिटारसम्म आइपुग्दा सिभिलमा रहेका सेनाहरुको घेरा हालेपछि बालबाल उम्किन सफल भएको । ‘हामी अध्ययन सकेर मुगिटार पुगेका थियौ, सिभिलमा रहेका सेनाहरुले घेरा हालिसकेका थिए, विवेक नपुयाएको भए हामी त्यही सिधिन्थ्यौ’, उनले भने,‘त्रिवेणी तर्फ लागेर बाँच्न सफल भयौं ।’
एम्बुस छलेर बाँचेको त्यो क्षण
२०६० सालमा सैलुङ्गमा पार्टीको काम सकेर कोसीपारी जाने क्रममा रामेछापको भोटनागी डाँडामा सेनाले बाटोमा एम्बुस विच्छाएको रहेछ । हामी आरोलो बाटो लाग्ने क्रममा वीस मिटर नजिकै एम्बुस विष्फोट भयो । ‘आँखा अगाडि नै एम्बुस फिस्फोट भएपछि के गर्ने कता जाने एक क्षण त केही पनि सोच्न सकिएन, नजिकै सेनाले निशाना बनाएको देखेपछि बाचिन्छजस्तो लागेको थिएन’, उनले भने,‘हामीले सकेट बम प्रहार गरेर उकालो नै भाग्यौ, सडक भन्दा माथि माग्न सफल भएकाले बालबाल बाचियो ।’
रामेछापलाई समृद्ध बनाउन प्रतिबद्धता
मन्त्री श्रेष्ठले रामेछाप जिल्लालाई समृद्ध बनाउने अभियान सुरु भइसकेको बताए । उनले संविधानसभाबाट संविधान जारी गरेपनि गाउँगाउँमा सिंहदरवार पुगेको बताउदै अब विकास निर्माणको युग सुरु भएको बताए । श्रेष्ठले भने,‘रामेछापको पूर्व–पश्चिम, उत्तर दक्षिणमा नै सडक पुगेको छ, अब पिच गर्नुपर्छ, विद्युत नपुगेको स्थानमा धमाधम विद्युतीकरण भइरहेको, कृषिलाई आधुनिकरण गर्दै पर्यटनको विकास गर्दा नै जिल्लाको विकास हुन्छ ।’ उनले रामेछापको ८ वटै स्थानीय तहमा नमूना शहर निर्माण गर्ने योजनालाई साकार पार्न आफू लागि पर्ने बताउदै स्थानीय तहमा गएको बजेट पारदर्शी रुपमा खर्च हुनुपर्ने बताए । स्थानीय तहमा लामो समयपछि जनप्रतिनिधि आएकाले सुशासन सहितको स्थानीय प्रशासन सञ्चालन गर्नुपर्नेमा जोड दिए । श्रेष्ठले रामेछापको विकासको लागि तत्कालिन, अल्पकालिन र दिर्घकालीन गरी तीन तहमा विभाजन गर्दै त्यसको आधारमा बजेटको आकार निर्धारण गर्नुपर्ने बताए ।

Gopal Bhandari

गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.