७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओली र डा. शेखर कोइरालावीच भयो यस्तो कुराकानी !


ओलीले डा. शेखर कोइरा

१६ फागुन, काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोविज्ञान विश्लेषण गर्दा केहि चिन्तित भएजस्तो देखिएको छ । प्रम ओलीसँगको भेटपछि काँग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पछिल्लो राजनीतिक घटनाक्रमबाट सशंकित रहेको देखिएको बताएका हुन् । उनले भनेका छन्, ‘उहाँलाई अलि बढी चिन्तित पाएँ, खासगरी स्थिरताको विषयमा । हुन पनि हाम्रो देशमा दुईतिहाइ बहुमत लिएर बिपी कोइरालाको सरकार बन्दा पनि राजनीति स्थिर भएन । ०४८ पछि गिरिजाप्रसाद कोइराला नेतृत्वको बलियो सरकार पनि ढल्यो । अहिले पनि दुईतिहाइ सरकार छ, तर अस्थिरताको आशंका छ ।

यही परिवेशमा उहाँले मलाई बोलाउनुभएको हो । मसँग मात्र कुरा गरेर के गर्ने, तपाईंले पार्टी सभापति (शेरबहादुर देउवा) जीलाई पनि भेट्नुस्, कुरा गर्नुस् भनेँ । उहाँले ‘भेटेको छु, अस्ति पनि भेटेँ । तर, म मात्र होइन, हाम्रै सचिवालयका साथीहरूले पनि भेटेका छन् । सूचना त मसम्म पनि आइपुग्छ नि’ भन्नुभयो । उहाँले खासगरी राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने विषयमा पार्टीभित्र भएको विवादको प्रसंग उठाउनुभयो ।

त्यसमा तपाईंको धारणा के छ भनेर उहाँले मलाई सोध्नुभएको थियो । मैले भनेँ- कसलाई मनोनयन गर्ने भन्ने विषयमा हाम्रो भनाइ केही छैन । सरकारले सिफारिस गर्ने हो, राष्ट्रपतिले मनोनयन गर्ने हो । तर, कुनै व्यक्तिका नाममा संविधान चलाउन पाइँदैन । त्यसले विकृति-विसंगति ल्याउँछ, जसलाई हामीले थाम्नै सक्दैनौँ । त्यसैले त्यो बाटोमा नलागौँ । तर, त्यो कुरा हाम्रा साथीहरूले बुझेनन् भन्नुभयो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !