७ बैशाख २०८१, शुक्रबार

गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सरकारलाई अनुरोध गरिने


बामदेव गौतम

काठमाडौँ, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले उपाध्यक्ष गौतमलाई मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिने सदस्य पदका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताउनुभयो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिने तीनसदस्यमध्ये मनोनीत हुनुभएकाा अर्थमन्त्री डा युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि यही फागुन २१ गते सकिँदै छ ।

प्रवक्ता श्रेष्ठले संविधान संशोधनका लागि गृहकार्य गर्न पार्टीले कार्यदल बनाए पनि कार्यदल अहिले नरहेको र त्यो क्रियाशील नहुने जानकारी पनि दिनुभयो । ‘‘यसअघि बसेको सचिवालय बैठकमा त्यसप्रकारको कार्यदल बनाएर जानु उपयुक्त हुने सन्दर्भमा समझदारी बने पनि संविधान संशोधन आवश्यकतानुसार हुँदै जान सक्ने संविधानको मर्म र प्रावधानअनुसार अगाडि बढ्न सकिन्छ”, उहाँले भन्नुभयो, “तर अहिल्यै नै संशोधनका लागि गृहकार्य गर्न कार्यदल बनाएर अगाडि बढ्नुपर्ने औचित्य आजको बैठकले देखेन । त्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !