८ बैशाख २०८१, शनिबार

ओलीलाई गगनको प्रश्न: ७० करोड डिलबारे संसदमा आएर नागरिकको प्रश्नको उत्तर दिन सक्ने हिम्मत छ ?


गगन थापा

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोकुल बाँस्कोटाले ७० करोड घुस डिल प्रकरण बारे संसदमा आएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिन सक्ने हिम्मत छ कि छैन भन्दै प्रश्न गरेका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्नको लागि ४ मिनटको समय पाएका थापाले नागरिक र हाम्रो प्रश्नको उत्तर दिन सक्ने क्षमता संसदसँग हुनुपर्छ भन्दै जिकिर गरेका छन् । थापाले भने, ‘सम्माननीय प्रधानमन्त्री डाडाकाडा, तालतलैया हेरेर बस्ने होइन, सदनमा आएर उभिएर मलाई निम्सरा होइन सहि प्रश्नको उत्तर दिनुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !