७ बैशाख २०८१, शुक्रबार

को हुन् सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेत ?


Ambika Basnet अम्बिका बस्नेत

पृष्ठभूमि र जन्म

देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसकी सांसद अम्बिका बस्नेतले सहकारी तथा गरिबी निवारण मन्त्रालयको  जिम्मेवारी सम्हालेकी छन् । पटकपटक राजनीतिक बन्दीको रुपमा जेल जीवन बिताएकी बस्नेतले नोना कोइराला नेतृत्वमा रहेको महिला विभागमा समेत बसेर काम गरिसकेको अनुभव छ ।

कोइराला परिवारको संगतमा राजनीतिमा प्रवेश गरेकी बस्नेतको जन्म २००७ मा काठमाडौं जिल्लाको का.म.पा–६ मा भएको हो । उनका बाबुको नाम शिवध्वज बस्नेत र आमाको नाम कपिल कुमारी बस्नेत हो । उनी अविवाहित हुन् ।

शिक्षा

बस्नेतले अर्थशास्त्रमा स्नातक तह तहसम्मको अध्ययन गरेकी छिन् ।

राजनीतिक यात्रा

१. वि.सं. २०२९ देखि राजनीतिमा प्रवेश ।

२. २०३६ सालमा विद्यार्थी राजनीतिमा प्रवेश ।

३. २०४२ सालको सत्याग्रहमा सक्रिय भई पटक पटक बन्दी जीवन ।

४. नेपाली कांग्रेसको राजनीतिमा २०४६ देखि सक्रिय ।

५. पटकपटक राजनीतक बन्दीको रुपमा जेल जीवन ।

६. २०५६ सालको संसदीय चुनावमा हालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग काठमाडौंमा पराजित ।

७. २०५९ सालमा नेपाल महिला संघको केन्द्रीय सदस्यमा निर्वाचित ।

८. २०६१ सालमा काठमाडौँ कांग्रेसको जिल्ला सदस्य ।

९. नेपाल महिला संघको पूर्व अध्यक्ष ।

१०. पार्टीको १२ औँ  र १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित ।

११. संविधान सभा २०६४ को सभासद ।

१२. संविधान सभा २०७० को सभासद ।

विदेश भ्रमण

अमेरिका, बेलायत, चिन, हङकङ्ग र भारत ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !