७ बैशाख २०८१, शुक्रबार

को हुन् युवा तथा खेलकुद मन्त्री राजन केसी ?


को हुन् युवा तथा खेलकुद मन्त्री राजन केसी ?

पृष्ठभूमि र जन्म
देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट काठमाडौं-१० बाट प्रत्यक्ष निर्वाचित सांसद राजन केसीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । २०७० सालको चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेर केसी चर्चाको शिखरमा आएका थिए ।
नेपाली कांग्रेस काठमाडौं जिल्लाका पूर्व सभापति केसी पार्टीभित्र प्रकाशमान सिंहका विश्वास पात्रका रुपमा चिनिन्छन् । केसीको जन्म वि.सं. २०१५ साल श्रावण ६ गते काठमाडौं जिल्लाको कीर्तिपुर न.पा.–१३ मा भएको हो । उनका बाबुको नाम स्व. पदम बहादुर के. सी. र आमाको नाम स्व. रोल कुमारी के.सी. हो । उनकी श्रीमतीको नाम निम्मी के.सी. हो । उनका एक छोरा र २ छोरी छन् ।
शिक्षा
केसीले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् ।
राजनीतिक यात्रा
१. वि.सं. २०४० सालदेखि राजनीतिमा प्रवेश ।
२. वि.सं. २०४६ पछि नेपाली काँगेसमा पूर्णकालीन राजनीतिमा सक्रिय ।
३. २०४७ सालमा नेपाली कांग्रेस चोभार गाविसको इकाइ सभापति ।
४. २०४९ को स्थानीय निर्वाचनमा चोभार गाविस वडा नम्बर २ को वडाअध्यक्ष निर्वाचित ।
५. २०४९ सालमा काठमाडौं जिल्ला विकास समितिको सदस्य ।
६. २०५४ सालको स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको नगर समिति सदस्यमा निर्वाचित ।
७. २०५४ सालमा कांग्रेसको क्षेत्रीय समिति सभापति निर्वाचित ।
८. नेपाली कांग्रेस काठमाडौं जिल्लाका पूर्व सभापति ।
९. संविधान सभा २०६४ को उम्मेदवार ।
१०.  नेपाली कांग्रेस महासमिति सदस्य तथा केन्द्रीय समिति अन्तर्गत स्थानीय निकाय विभागका सदस्य ।
११. २०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौं-१० बाट निर्वाचित ।
विदेश भ्रमण
भारत, चिन, पाकिस्तान, मलेसिया, हङकङ, थाइल्याण्ड, मकाउ, दक्षिण कोरिया, स्वीजरल्याण्ड, फिनल्याण्ड, स्वीडेन, नर्वे, वेलायत, अमेरिका, जर्मन र फिलिपिन्स ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !