८ बैशाख २०८१, शनिबार

को हुन् भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वीरबहादुर बलायर ?


को हुन् भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वीरबहादुर बलायर ?

पृष्ठभूमि र जन्म

देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट डोटी-१ बाट प्रत्यक्ष निर्वाचित सांसद वीरबहादुर बलायरले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै देउवा पत्नी आरजुको पनि विश्वास पात्रका रूपमा चिनिएका बलायर ७ नम्बर प्रदेशका कांग्रेसका आधा दर्जन हस्तीलाई पछि पार्दै भौतिक पूर्वाधार जस्तो प्रभावशाली मन्त्रालयको जिम्मेवारी लिन सफल भएका हुन् ।

रमेश लेखक र एनपी साउदहरुको दबदबा रहेको देउवा क्याम्पमा सुदूरपश्चिमबाट यसपटक बलायरले मौका पाएका हुन् । डोटीको खानदानी परिवारका बलायरको जन्म वि.सं. २०२२ साल भदौ ४ गते डोटी जिल्लाको लाटामाण्डौं–६ मा भएको हो ।  उनका बाबुको नाम स्व. बाम बहादुर बलायर र आमाको नाम डम्मरीदेवी वलायर हो । उनकी  श्रीमतीको नाम शर्मिला वलायर हो ।

शिक्षा

बलायरले गणितमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् ।

राजनीतिक यात्रा

३ वर्ष ६ महिना बन्दी जीवन बिताएका बलायर ०४६ सालको जनआन्दोलनताका निकै चर्चित विद्यार्थी नेता थिए । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका नेविसंघ नेता बलायरलाई नेविसंघ अध्यक्ष बन्नेबेला एनपी साउद र चन्द्र भण्डारीहरुले मिडियाबाजी गरेर विद्यार्थी राजनीति नै समाप्त पारेको समकालीनहरु बताउँछन् ।

विगतमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई हराउन अन्तरघात गरेको भन्दै पार्टी कार्यालयमा बलायरले गिरिजाको गाडीको छतमा चढेर नाराबाजी गरेका थिए । अन्तरघात गरेर किसुनजीलाई हराएको भन्दै वीरवहादुर बलायर, रामहरी खतिवडा लगायतका युवाहरुले त्यसबेला बानेश्वरमा गिरिजाबाबुको तस्वीरमा कालोमोसो दलेका थिए ।

१.     वि.सं. २०३३ सालदेखि राजनीतिमा प्रवेश ।

२.     २०३६ सालदेखि राजनीतिमा सक्रिय ।

३.     २०४६ सालमा भएको जनआन्दोलनका निकै चर्चित विद्यार्थी नेता ।

४.     ३ वर्ष ६ महिना बन्दी जीवन ।

५.     विगतमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई हराउन अन्तरघात गरेको

भन्दै पार्टी कार्यालयमा बलायरले गिरिजाको गाडीको छतमा चढेर नाराबाजी गरेका ।

६.     त्रिभुवन विश्वविद्यालयमा अध्ययनका क्रममा र २०५१ सालमा काठमाडौँमा भएको उपनिर्वाचनमा

उनले खेलेको भूमिकाबाट बलायरको नाम चर्चामा चुलिएको ।

७.     एनपी साउद नेतृत्वको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मात्र भएपनि नेविसंघका चर्चित

युवा नेता ।

८.     बिगतमा नेपाली कांग्रेसको जिल्ला सभापति ।

९.     नेपाली कांग्रेस केन्द्रीय सदस्य ।

१०.    २०६४ सालको संविधानसभा २०६४ को उम्मेदवार ।

११.    २०७० सालको संविधानसभा निर्वाचनमा डोटी-१ बाट निर्वाचित ।

विदेश भ्रमण

भारत, चीन, अमेरिका, थाइल्याण्ड, कतार, हङकङ्ग, पेरु लगायतका देशहरु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !