८ बैशाख २०८१, शनिबार

को हुन् खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव ?


महेन्द्र यादव

पृष्ठभूमि जन्म

देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसका सांसद महेन्द्र यादवले खानेपानी तथा सरसफाई मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । विगतमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलको निर्विवाद अध्यक्ष यादव कांग्रेसका प्रभावशाली नेता बिमलेन्द्र निधिका विश्वास पात्र हुन् ।

महेन्द्र यादवको जन्म  २०१९ भदौ २ गते धनुषा जिल्लाको सपही–१ मा भएको हो ।  उनका बाबुको नाम दिप नारायण यादव र आमाको नाम दिबसमैन यादव हो । उनकी  श्रीमतीको नाम विना यादव हो ।

शिक्षा 

यादवले बिज्ञान सकायको गणितशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । विभिन्न लेखहरु पत्रपत्रिकामा प्रकाशित छन् ।

राजनीतिक यात्रा

१ वर्ष बन्दी जीवन  र ३ महिना भूमिगत जीवन बिताएका हाल यादव कांग्रेस केन्द्रीय सदस्य छन् । बालकृष्ण खाँड तरुण दलको अध्यक्ष हुँदा उपाध्यक्ष रहेका थिए।

१.     वि.सं. २०३५ सालदेखि राजनीतिमा प्रवेश ।

२.     नेपाल तरुण दलबाट कांग्रेस राजनीतिमा सक्रिय  ।

३.     नेपाल तरुण दलको केन्द्रीय सदस्य, महासचिव हुँदै कांग्रेस प्रजातान्त्रिकको तरुण दल अध्यक्ष ।

४.     नेपाल तरुण दलको अध्यक्ष हुँदा उपाध्यक्ष ।

५.     एकीकृत तरुण दलको पनि अध्यक्ष भएका ।

६.     नेपाल विद्यार्थी संघका पूर्व उपाध्य क्ष रहेर समेत काम गरेका ।

७.     पार्टीको १२ औँ र १३ औँ महाधिवेशनमा पार्टी केन्द्रीय सदस्यमा निर्वाचित ।

८.     २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद ।

विदेश भ्रमण

भारत, बंगलादेश, जर्मनी, हंगेरी, अष्ट्रिया, फिनल्याण्ड, नर्वे, दक्षिण अफ्रिका, चिन, बेल्जियम र थाइल्याण्ड ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !