७ बैशाख २०८१, शुक्रबार

को हुन् वाणिज्य मन्त्री मीन विश्वकर्मा ?


को हुन् वाणिज्य मन्त्री मीन विश्वकर्मा ? मीन विश्वकर्मा

पृष्ठभूमि र जन्म

देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसका सांसद मीन विश्वकर्माले वाणिज्य मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । २०४९ सालमा नेकपा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका विश्वकर्मा वाकपटुता भएका, क्षमतावान् र कानुनी पृष्ठाभूमि बोकेका क्रियाशील र जुझारु युवा नेता हुन् । विशेषगरी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउने प्रकरणको नेतृत्व गरेर प्रस्तावक भएपछि मीन झनै चर्चामा आए । देउवाका वैचारिक प्रवक्ता समेत रहेका मीन पत्रकारमैत्री कांग्रेस नेता पनि हुन् ।

हाल उनी नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा नेपाल दलित संघका केन्द्रीय अध्यक्ष समेत रहेका मीन कांग्रेसको राजनीतिमा छोटै समयमा सफलता पाउने व्यक्ति हुन् । मीन विश्वकर्माको जन्म  २०२४ चैत्र १६ गते भोजपुर जिल्लाको टक्सार–९ हो भने हाल सुनसरी जिल्ला धरान उ.न.पा.–१५ मा भएको हो ।  उनका बाबुको नाम स्व. बखत बहादुर विश्वकर्मा र आमाको नाम स्व. टीकामाया विश्वकर्मा हो । उनकी  श्रीमतीको नाम डम्बर कुमारी विश्वकर्मा (निरु पौडेल) हो । २०४७ सालमा निरु पौडेलसँग अन्तरजातीय विवाह गरेका विश्वकर्माका एक छोरी र एक छोरा छन् ।

शिक्षा

मीनले कानुनमा स्नातक तह र राजनीतिकशास्त्र र अंग्रेजीमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । शिक्षण, वकालत, संयुक्त राष्ट्र संघ र विभिन्न निकायमा परामर्शदाताको रूपमा पनि चिनिन्छन् । नेपालमा दलित समुदायको स्थिति, २०६०, नामक पुस्तक तथा  अन्य धेरै पत्रपत्रिकामा लेख रचनाहरु प्रकाशित छन् ।

राजनीतिक यात्रा

धेरै पटक प्रहरी हिरासत र पटक-पटक बन्दी जीवन बिताएका मीन विश्वकर्मा कुनैबेला कम्युनिस्ट थिए । उनी स्पष्टवक्ता, अध्ययानशील वौद्धिक युवा नेताका रुपमा पार्टीभित्र र बाहिर चिनिन्छन् ।

१.    वि.सं. २०३७ देखि राजनीतिमा प्रवेश ।

२.    कम्युनिष्ट राजनीतिक पृष्ठभूमिवाट राजनीति शुरु  ।

३.    विद्यार्थीकालमा सुनसरीमा अखिलका नेता ।

४.    वि.सं. २०४९ सालदेखि नेपाली काँग्रेसमा प्रवेश ।

५.    जनआन्दोलनपछि कांग्रेसको नेतृत्व तहमा सक्रिय ।

६.    लामो समय नेपालको दलित आन्दोलनमा संलग्न ।

७.    राष्ट्र संघ र विभिन्न निकायमा परामर्शदाताको रूपमा अनुभव ।

८.    कुनै समय दलित अधिकारका सन्दर्भमा टेलिभिजन बहस चलाएका ।

९.    कांग्रेसको १२ औँ महाधिवेशनअघि तत्कालीन कांग्रेस प्रजातान्त्रिकका केन्द्रीय सदस्य ।

१०.   १२ औँ र १३ औँ महाधिवेशनमा पार्टी केन्द्रीय कार्यसमितिमा सदस्य ।

११.   संबिधानसभा २०७० को सदस्य ।

१२.   नेपाल दलित संघका केन्द्रीय अध्यक्ष ।

१३.   प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउने प्रकरणको नेतृत्व गरेर प्रस्तावकको भूमिका ।

विदेश भ्रमण 

थाइल्याण्ड,  दक्षिण  अफ्रिका,  अमेरिका,  डेनमार्क,  स्वीडेन,  हङकङ,  बंगालादेश  र फ्रान्स ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !