७ बैशाख २०८१, शुक्रबार

को हुन् महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला ?


को हुन् महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला ?

पृष्ठभूमि र जन्म

नेकपा (माओवादी केन्द्र)की नेतृ आशा कोइराला देउवा नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी हुन् ।  सशस्त्र युद्धका बेला पटक पटक जेल र हिरासतमा बिताएकी आशा माओवादी आन्दोलनभित्र सशक्त महिला नेतृका रुपमा चिनिन्छिन् । उनी भूमिगत समयमा तत्कालिन शाही सेनाको गोलीले घाइते भएकी एक योद्धा हुन् ।  गोरखा माइती र तनहुँ घर रहेकी आशा पहिलो पटक मन्त्री भएकी हुन् । माओवादी केन्द्रबाट समानुपातिक तर्फबाट सांसद रहेकी कोइरालाको जन्म २०२६ साल पुस १० गते भोगटेनी गोरखामा भएको हो । गोरखाको नारेश्वर–१ जन्मघर भएपनि उनको स्थायी ठेगाना तनहुँको शुक्लागण्डकी–४ हो ।

आशाले दिनेश गौतमसँग पुनर्विवाह गरेकी छन् । दिनेश र आशाबाट एक छोरा र एक छोरी छन् । २०४५ सालमै उनको पहिलो विहे भएको थियो । तर २०४८ सालमा उनको श्रीमानको देहान्त भएपछि युद्धकालमा दिनेश गौतमसँग पार्टीले नै जनवादी शैलीमा पुनर्विवाह गराइदियो । विगतमा नेकपा (माओवादी केन्द्र) अनेम संघ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य भएर काम गरेकी आशाका बाबुको नाम प्रेमनिधि कोइराला र आमाको नाम स्व. दमयन्ती कोइराला हो ।

शिक्षा र अनुभव

कोइरालाले बिन्ध्यवासिनी माद्यमिक विद्यालय नारेश्वोर-१ भोगटेनी गोरखाबाट एसएलसी परीक्षा उत्तिर्ण गरेकी हुन् । कोइरलाले उच्च शिक्षाको पढाई भने गोखा क्याम्पसबाट सुरु गरेकी हुन् । शिक्षाशास्त्रमा स्नातक तहसम्मको अध्ययन पुरा गरेकी कोइरालाले लामो समय तनहुँको राधा माद्यमिक विद्यालयमा शिक्षिका भएर काम गरेकी थिइन् । ०४५ सालेदेखि नै पढाउन थालेकी उनी ०५० सालमा स्थायी शिक्षक बनिन् । उनले तनहुँको राधा मावि जामुनेमा १० वर्षसम्म पढाइन् ।

राजनीतिक यात्रा    

तर, गोरखामा स्कुले जीवनदेखि नै विद्यार्थी राजनीति सुरु गरेकी उनी राजनीतिभन्दा टाढा रहन सकिनन् । ८ वर्ष भूमिगत जीवन र ४ वर्ष ६ महिना बन्दी जीवन बिताएकी कोइरालाको राजनीतिक यात्रा यस प्रकार छ :

१. २०४२ सालबाट क्रियाशिल सदस्यता लिएर कोइराला राजनीतिमा होमिएकी ।

२. २०५० सालमा अखिल नेपाल महिला संघ तनहुँको जिल्ला संयोजक ।

३. २०५४ सालमा महिला संघको जिल्ला अध्यक्ष ।

४. २०५४ सालदेखि २०६४ सम्म केन्द्रीय सचिवालय सदस्य ।

५. २०५५ वैशाख १० गते पार्टी संगठनात्मक कामको सिलसिलामा तनहुँ सतिस्वाराबाट गिरफ्तार । गिरफ्तारमा पछि हातहतियार खरखजना मुद्दामा हिरासतमा बस्नु परेको थियो । ३५ दिन हिरासत र १ महिना जेल जीवन बिताएकी कोइराला पुनरावेदन अदालत पोखराको आदेशमा धरौटिमा रिहा ।

६. २०५४ असारमा घर बाटै गिरफ्तार भई तनहुँ जिल्ला प्रशासन कार्यालयले शान्ति-सुरक्षा ऐन अन्तर्गत कास्की कारागारमा नजरबन्दमा राखेको थियो। नजरबन्दको क्रममा उनले तनहुँ, कास्की, बारा, पर्सा, महोत्तरीमा प्रमुख जिल्ला अधिकारीको आदेशमा हिरासतमा कष्टकर जीवन बिताउनु परेको थियो । कोइरालाले तनहुँ, कास्की, वीरगंज, जलेश्वर, काठमाडौं केन्द्रीय कारागारमा बन्दी जीवन ।

७. २०५८ भदौ १३ को पहिलो चरणको वार्ताको क्रममा राति १२ बजे घरमा पुयाएर रिहाई ।

८. २०६० सालमा तत्कालीन माओवादीले गठन गरेको तनहुँको दोश्रो जनसरकार प्रमुख त्यस पछि एकीकृत जनप्रतिरोध अभियानको क्रममा २०६२ साल जेठ २ गते सेनाको युनिफाइट कमाण्डको घेरामा गोली प्रहारपछि घाइते अवस्थामा तनहुँको साभुङ, गाबडाडाबाट गिरफ्तारमा परेकी थिइन्। उनलाई सेनाले साँझ सरस्वती माद्यमिक विद्यालयको कोठामा बास बसेर भोलिपल्ट अशक्त अवस्थामा डोकोमा बोकेर राम्जाकोट, राम्जाकोट बाट सेनाको हेलिकप्टर बाट पोखरा फुलबारी ब्यारेक लगिएको थियो। उपचारपछि कोइरालाले १३ दिन विजयपुर ब्यारेकको हिरासत बिताएकी थिइन्। यो अवधिमा उनले चार दिन नेपाली सेनाको समरसुर गुल्म चापाघाट, दमौली, तनहुँमा हिरासत र १८ दिनपछि जिल्ला प्रहरी कार्यालय दमौली हिरासतमा आतंककारी तथा हिंसात्मक कार्य नियन्त्रण अन्तरगत कर्तव्य ज्यान मुद्दा दायर गरी कास्की कारागार चलान ।

९. २०६२ साल जेठ ४ गते तनहुँको पालुङबाट उनलाई पुनः नेपाली सेनाले पक्रियो । सेनाको युनिफाइड कमाण्डले आशालाई गोली हानेर घाइते बनाएर पक्रेको थियो । दमौली र बिजयपुरको सैनिक व्यारेकमा करिब २० दिनसम्म बसेकी उनलाई कर्तत्व ज्यान मुद्दा लगाएर फेरि कास्की चलान गरियो । शान्तिप्रक्रिया पछि सरकारले मुद्दा फिर्ता लिएपछि मुक्त ।

१०. २०६२।०६३ को आन्दोलनमा जेलभित्रै आस्थाका बन्दीसहित आन्दोलितको मोर्चा सहित।गणतन्त्र सङै मुद्दा फिर्ता लिएर रिहाई। असारमा त्यस पछि पार्टी काममा सकृय ।

११. २०६४ को संविधान सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य उमेदवार, झिनो मत अन्तरले पराजित ।

१२. २०७० सालमा समानुपातिक तर्फबाट संविधान सभा सदस्य हुँदै हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !