को हुन् ऊर्जामन्त्री महेन्द्र बहादुर शाही ? Nepalpatra को हुन् ऊर्जामन्त्री महेन्द्र बहादुर शाही ?
१५ माघ २०७७, बिहिबार

को हुन् ऊर्जामन्त्री महेन्द्र बहादुर शाही ?


को हुन् ऊर्जामन्त्री महेन्द्र बहादुर शाही ?

पृष्ठभूमि र जन्म

महेन्द्र बहादुर शाही देउवा नेतृत्वको सरकारमा ऊर्जामन्त्रीको जिम्मेवारी पाएका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएर प्रस्तावकको रुपमा निकै चर्चा रहेका कालिकोट-१ बाट प्रत्यक्ष निर्वाचित सांसद तथा ऊर्जामन्त्री महेन्द्र बहादुर शाही माओवादी केन्द्रभित्र इमान्दार नेताका छवि बनाएका नेताको रुपमा चिनिन्छन । माओवादीका पुर्व लडाकू कमान्डर रहेका शाहीको कालिकोटमा युद्धकालमा माओवादी संगठन बिस्तारमा ठुलो योगदान रहेको छ । पार्टीमा ‘प्रज्वल’ उपनामले चिनिने शाही ६ नम्बर र ७ नम्बर डिभिजनको कमाण्डर बनेका थिए । उनले माओवादी लडाईंका ठूला-ठूला मोर्चामा निर्णायक भूमिका निर्वाह गरेका थिए ।

देउवा सरकारमा उर्जामन्त्रालयको जिम्मेवारी सम्हालेका उर्जा मन्त्री महेन्द्रबहादुर शाही ‘प्रज्वल’ले देशैभरको लोडसेडिङ हटाउने बताएका छन् । राजनीतिक र फौजी दुबै मोर्चामा काम गरेका उनी कालिकोटबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । अध्यक्ष प्रचण्डलाई जानकारी नै नदिइ तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि शाही एकाएक चर्चित बन्नुभएको थियो । महेन्द्रबहादुर शाहीको जन्म बि।सं। २०३३ साल माघ १५ गते कालिकोट जिल्लाको अत्यन्तै बिकट पचालझरना गाउँपालिका (साविकको नानिकोट गाविस वडा नं ८) मा मध्यमबर्गीय परिवारमा भएको हो ।  उहाँका बाबुको नाम लाल बहादुर शाही र आमाको नाम रनकौडा शाही हो । उहाँकी श्रीमतीको नाम चन्द्राकुमारी शाही  हो ।  उनका दुई छोरी र एउटा छोरा छन् । उनी २ बर्ष कै हुँदा उनका बुवाको देहान्त भएको थियो ।

शिक्षा र अनुभव

०५२ सालको सशस्त्र जनयुद्धको सुरुदेखि नै उनी भूमिगत भएका शाहीले एसएलसीसम्म अध्ययन गरेका छन् । हाल नेकपा माओवादी केन्द्र  केन्द्रीय समिति सदस्य र भेरी, कर्णाली राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष हुन । दुर्गम कालिकोट, त्यसमा पनि सँधै सुख्खा रहने नानिकोटमा जन्मेका उनी पूर्व प्रमुख पञ्चका छोरा हुन् । आफूलाई पढाउने शिक्षकहरुको सल्लाह अनुसार उनले वि.स. २०४८ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिए । पार्टी सदस्यता लिएपछि उनी अर्धभूमिगत रुपमा गोप्य सैन्य तालिममा सहभागी हुँदै युद्धको तयारीमा जुट्न थाले । कतिबेला कहाँ गएर युद्ध लडौं भनेर रातो रगत तातेका बेलामा २०५२ सालमा जब माओवादीले जनयुद्धको सुरुवात गयो, तब उनमा खुशीको सीमा नै रहेन । २०५२ सालबाटै जनयुद्धमा होमिएका उनी पार्टीको संगठन र छापामारमा समानान्तर भूमिका निर्वाह गर्न थाले ।

कर्णाली अञ्चलमा पहिलो पटक छापामारको स्थापना भएदेखि नै उनले पार्टी र सेनामा समानान्तर भूमिका खेल्न थाले । पछि उनी कालिकोट जिल्लाको सैन्य इन्चार्ज भएर जिल्लामा जनमुक्ति सेनाको नेतृत्व गरे । उनी युद्धमोर्चामा आफैं सहभागी हुन्थे । नेतृत्व गर्न देखि लड्नसम्म दोहोरो भूमिकाको निर्वाह गर्ने गरेका शाहीले संसदमा पनि अख्तियार प्रमुख लोकमान सिंह कार्की माथि महाअभियोग लगाएर निकै चर्चा बटुले ।

राजनीतिक यात्रा

गाउघरमा देखिएको सामाजिक असमानता, अन्तर्बिरोध, समाजका टाठा-बाठाको हाली-मुहाली, जातीय बिभेद र शोषण, गरीव-निमुखामाथि गरिएको अत्याचारको पराकाष्ठावाट राजनीतिमा लागेका हुन ।

१.     २०४८ सालमा नेकपा मसाल एकता केन्द्रवाट आधिकारिक राजनीति यात्रा शुरु ।

२.     २०४९ सालमा प्रहरी वारेन्ट जारी ।

३.     २०५२ वाट भुमिगत र शशत्र जनयुध्दमा सामेल ।

४.     २०५३ सालमा मध्यमान्चलको गुरिल्ला गठनमा सदस्यदेखि लडाकु जीवनमा प्रवेश ।

५.     राजनीतिक र फौजी दुबै मोर्चामा शैन्य नेतृत्व सम्हाल्दै शशत्र युद्धमा सरिक ।

६.     पश्चिम नेपालका बुटवलदेखि दार्चुलासम्म हुने जुनसुकै जनयुद्ध नेतृत्वदायी भूमिका निर्वाह गर्दै शान्ति प्रकृया हुँदै सेना समायोजनसम्म सैनिक क्षेत्रमा महत्वपुर्ण भूमिका निर्वाह ।

७.     सुरुमा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डर सम्मको नेतृत्व गर्न सफल भएका शाहीले नेपाली सेनामा समायोजनका बेलामा  सम्मानजनक पद नपाएपछि पार्टीको मूलधारको राजनीतिमा आएका ।

८.     २०७० को संविधाननसभा निर्वाचनमा कालिकोट(१ वाट प्रत्यक्ष निर्वाचित संविधाननसभा सदस्य ।

९.     संविधाननसभाभित्र पनि महत्वपूर्ण भूमिका निर्वाह ।

१०.    माओवादी केन्द्र तेस्रो शक्ती भएतापनि संविधान निर्माणमा बिभिन्न प्रकारका   चुनौतीहरुको समाना गर्नको लागि अग्रणी भूमिका निर्वाह ।

११.    राज्यसताभित्र रहेको बिभिन्न बिकृतीहरु, बिसँगतीहरु र भ्रष्ठचारजन्य मामिलाका बिरुद्धमा शशक्त ढङ्गले लडदै लोकमानसिंह कार्कीलाई महाअभियोग प्रस्ताव दर्ता गर्न साहसिक कदम चालेको ।

देशका सवै जनताको ध्यान शाहीतर्फ

मन्त्रीमण्डलमा शाहीको प्रवेशसँगै अब उनले उर्जामन्त्रीको रुपमा छोटो समयमा जनतामाझ कस्ता कार्यक्रमहरु ल्याउलान अनि समग्र देशलाई कसरी अघि बढाउलान् भन्ने चासो पार्टीभित्र तथा समग्र जनतामा  बढेको छ । पुर्व उर्जामन्त्री जनार्दन शर्माले थालेको उज्यालो अभियानलाई कसरी अगाडी बढाई नेपाल अधिराज्यभरी कसरी लोडसेडिङ अन्त्य गर्लान भन्ने चासो पनि सवै नेपालीमा बढेको छ ।

विदेश भ्रमण

थाइल्याण्ड र चिन

भावी सोच र योजना

उनले विद्युत चोरी नियन्त्रण, ट्रान्समिसन लाइन सुधार, विद्युत लाइनको अण्डरग्राउण्ड, अनइलाइन तथा एसएमएसबाट महसुल तिर्ने व्यवस्था मिलाउने योजना अघि बढाउने बताए । उर्जामन्त्री शाहीले भने पूर्वमन्त्री शर्माले गरेका राम्रा कामहरुलाई निरन्तरता दिने र विद्युत उत्पादन बढाउने केन्द्रीत हुने योजना पनि बनाएको बताए । माग बढ्दै जाने भएकाले उत्पादन पनि बढाउनुपर्छ । बाह्य लगानी भित्र्याउने र उत्पादन बढाउनु  पर्छ भन्ने उनको धारणा रहेको छ । हिउँदमा पनि लोडसेडिङ हुन नदिने भन्दै उर्जामन्त्री शाहीले विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ र आफ्नो टिमले काम गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !